News Portal

  • बिरामी मर्कामा परेको भन्दै बिरामीका आफन्तले गरे वीर अस्पताल अगाडि प्रदर्शन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २९ माघ २०७९
    ३९० पटक
     भक्तपुर, २९ माघ २०७९

    चिकित्सकहरूको आन्दोलनका कारण मर्कामा परेको भन्दै बिरामीका आफन्तले वीर अस्पताल अगाडि प्रदर्शन गरेका छन् ।

    चिकित्सक र स्वास्थ्यकर्मीहरूको आन्दोलनका कारण वीरलगायत विभिन्न अस्पतालमा आज आकस्मिक बाहेकका सेवा ठप्प छन् । त्यसैको विरोधमा पीडित बिरामी र उनीहरूका आफन्तले प्रदर्शन गरेका हुन् ।

    टाढा टाढाबाट उपचारका लागि आएका बिरामीहरूले सेवा नपाउँदा आक्रोशित बनेर अहिले वीर अस्पताल बाहिर स्वास्थ्य सेवा माग्दै नाराबाजी गरेका हुन् ।

    राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि प्रहरीले हातपात गरेको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको थियो । स्वास्थ्य मन्त्रालय घटनाप्रति दुःख व्यक्त गर्दै आन्दोलन फिर्ता लिन आग्रह गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...