News Portal

  • जनयुद्धको राष्ट्रियकरण, फागुन १ देशभर सार्वजनिक बिदा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २९ माघ २०७९
    ४६७ पटक
    भक्तपुर, २९ माघ २०७९

    सरकारले जनयुद्ध दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ । जनयुद्ध दिवसका दिन फागुन १ गते सार्वजनिक बिदा दिइएको हो ।

    मन्त्रिपषिद्को बैठकले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेसंगै सरकारले एक सूचना जारी गर्दै फागुन १ गते देशभरी सार्वजनिक बिदा दिने घोषणा गरिएको गृह मन्त्रालयले जनाएको छ । गृह प्रवक्ता जितेन्द्र बस्नेतले एक सूचना जारी गर्दै फागुन १ मा जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको जनाएका छन् ।

    वर्तमान राजनीतिक ब्यवस्था र परिवर्तनमा तत्कालीन नेकपा माओवादीले जनतालाई गोलबन्द गरि गरेको जनयुद्धको भूमिकालाई सम्मान गर्दै जनयुद्ध दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा घोषणा गरेको हो । यसले इतिहासको संरक्षण र जनयुद्धको महत्व पुष्टि गर्दछ ।

    तत्कालीन नेकपा(माओवादी) को नेतृत्वमा सामन्ती राजतन्त्रात ्मक एकात्मक राज्य सत्ता बिरुद्ध जनताको शासन स्थापना गर्ने उदेश्यले २०५२ फागुन १ गते जनयुद्धको घोषणा गरिएको दिनलाई जनयुद्ध दिवसको रुपमा मनाइदै आएको छ । नेपालमा १० वर्ष सम्म चलेको जनयुद्धका सुप्रीम कमान्डर रहेका प्रचण्ड हाल देशका प्रधानमन्त्री रहेका छन् ।

    प्रधानमन्त्री प्रचण्डले संसदमा असाधारण बहुमत प्राप्त गरेको र सरकारको नेतृत्वमा पनि आफैं भएकोले यस पटक जनयुद्ध दिवसलाई राष्ट्रियकरण गर्न सफल भएका हुन् ।

    विपक्षीहरु समेत धेरै विरोधमा उत्रन नसक्ने अवस्थामा प्रचण्डले आफैले नेतृत्व गरेको जनयुद्धमा सार्वजनिक विदा दिएर यसलाई राष्ट्रियकरण गरेपछि जनयुद्धको ओझ अझ बढ्न पुगेको छ ।

    जनयुद्धको कारण देशमा राजनीतिक ब्यवस्था बदलिएर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना सम्भव भएको छ । देशमा नयाँ संविधान संगै थुप्रै सकारात्मक परिवर्तन आएका छन् र हिजो पछाडि पारिएका वर्ग, लिङ्ग, क्षेत्र र समुदायले बिबिध क्षेत्रमा आरक्षण र अवसर प्राप्त गर्न सफल भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...