News Portal

  • हात्तीपाइलेको औषधि खुवाइँदै

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १ फागुन २०७९
    ४२६ पटक
    भक्तपुर, १ फागुन २०७९

    पर्वतमा आगामी फागुन ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख सन्तोष पौडेलले यस वर्ष अन्तिम चरणमा औषधि खुवाउन थालिएको जानकारी दिए ।

    २०६४ सालबाट सो औषधि सेवनको थालनी गरिएको थियो । स्वास्थ्य कार्यालयको फितलो अनुगमन र स्वास्थ्यकर्मीको लापरबाहीका कारण पर्वतमा अभियान सुरु भएको १३ वर्षसम्म हात्तीपाइले रोगको निवारण हुनसकेको छैन । १३औँ चरणमा पनि प्रभावकारी नभएपछि यस वर्ष १४औँ चरणमा हात्तीपाइले रोगविरुद्धको आम औषधि खुवाइने भएको हो ।

    औषधि लिएर गएका स्वास्थ्यकर्मीले हातहातमा औषधि लिने तर खाए/नखाएको अनुगमन नहुँदा अभियान प्रभावकारी हुन नसकेको गुनासो आएको छ । सामान्यतः तीनदेखि पाँच चरणसम्म नियमित अभियान चलाएर निवारण गर्ने गरिएको भए पनि पर्वतमा भने १३ पटकसम्म खुवाउँदासमेत प्रभावहीन भएको हो ।

    हात्तीपाइले अभियानका सम्पर्क व्यक्ति तेजप्रसाद सुवेदीका अनुसार हात्तीपाइले रोगको पूर्व परीक्षणमा ०.४ प्रतिशत जनसङ्ख्यामा यस रोगको जीवाणु देखिएको हुनाले यस वर्ष अन्तिम चरणमा आम औषधि खुवाउन लागिएको हो ।

    गत मङ्सिरमा यस जिल्लाको बढी जोखिम रहेको कुश्मा नगरपालिका–१ पाङमा तीन सय २० जनाको नमुना परीक्षण गरिएकोमा एक जनामा हात्तीपाइलेको जीवाणु भेटिएको थियो । बिहादी गाउँपालिका–२ बर्राचौरमा तीन सय १९ जनाको परीक्षण गरिएकोमा एक जनामा जीवाणु भेटिएको सुवेदीले जानकारी दिए ।

    गतवर्ष फलेवास नगरपालिका–५ खानीगाउँ पूर्व परीक्षणमा सफल भएको थियो । हात्तीपाइलेको जीवाणु एक प्रतिशतभन्दा कम जनसङ्ख्यामा देखिएमा रोग निवारण भएको मानिन्छ ।

    पर्वतमा ०.४ प्रतिशत सङ्क्रमण भएको हुनाले औषधि खुवाउने अभियान सफल भएको स्वास्थ्य कार्यालयको दाबी छ । हात्तीपाइले रोगविरुद्धको औषधि कुल जनसङ्ख्या एक लाख ३२ हजारमध्ये गर्भवती, सात दिनको सुत्केरी, जटिल बिरामी र दुई वर्षमुनिका बालबालिकाबाहेक सबैलाई खुवाइने भएको छ ।

    हालसम्म तीन पटक पूर्वपरीक्षण भइसकेको छ । स्वास्थ्य कार्यालयका अनुसार यस पटक १४औँ चरणको औषधि खुवाइसकेपछि पनि पुनः छ महिनामा ‘प्री टास्क’ गरिन्छ । यसरी गरिएको परीक्षणमा सफल भएमा मात्रै अभियान सम्पन्न हुने कार्यालयले जनाएको छ ।

    यस पटक पनि सफल हुन नसकेमा १५औँ चरणमा अहिले खुवाइने औषधिको दोब्बर मात्रा खुवाउनुपर्ने बाध्यता रहेकाले स्वतःस्फूर्त औषधि सेवन गर्न आग्रह गरिएको कार्यालय प्रमुख पौडेलले बताए । औषधि खुवाउनका लागि कार्यालयबाट खटिएका स्वास्थ्यकर्मी, गाउँगाउँमा रहेका स्वास्थ्य संस्थाका कर्मचारी र स्वास्थ्य स्वयंसेविकाहरू परिचालन गर्ने गरिएको छ । अनुगमन गर्नका लागि अनुगमन संयन्त्र बनाइने गरेको भए पनि गाउँगाउँमा गएर निगरानी भने नहुने स्वास्थ्यकर्मीहरू बताउँछन् । गोरखापत्र अनलाइन

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...