News Portal

  • मध्यपुर थिमिमा जनयुद्ध दिवस : दुई पोखरीमा दीप प्रज्वलन, शहिद परिवारलाई सम्मान पत्र

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १ फागुन २०७९
    ५०२ पटक
    भक्तपुर, १ फागुन २०७९

    मध्यपुर थिमिमा जनयुद्ध दिवसको अवसरमा दिप प्रज्वलन र शहिदलाई माल्यार्पण गरी शहिदप्रति सम्झना र सम्मान गरिएको छ । सोमबार साँझ मध्यपुर थिमि वडा नम्बर ४ मा रहेको दुई पोखरीमा दीप प्रज्वलन र त्यहाँस्थित जनयुद्धका शहिद बैकुण्ठहरी श्रेष्ठको शालिकमा माल्यार्पण गरी शहिदको सम्झना र सम्मान गर्दै जनयुद्ध दिवस मनाइएको हो ।

    अनेम संघ (क्रान्तिकारी) को मध्यपुर थिमि नगर समितिद्वारा आयोजित उक्त कार्यक्रममा मध्यपुर थिमिबाट जनयुद्धका क्रममा शहादत प्राप्त गरेका शहिदहरु बैकुण्ठहरी श्रेष्ठ र सविन श्रेष्ठको परिवारलाई सम्मान पत्र समेत प्रदान गरिएको थियो । शहिदको बलिदानीको उच्च सम्मान गर्दै उक्त बलिदानीबाट कति पनि बिचलित नभई पार्टी र क्रान्तिलाई सहयोग गरेकोमा शहिद पत्नी सम्मानित भएका थिए ।

    उक्त अवसरमा शहिद बैकुण्ठहरीकी पत्नी जगत लक्ष्मी र शहिद सबिन श्रेष्ठकी पत्नी कृष्ण शोभा लक्ष्मी श्रेष्ठले शहिदका सपना साकार पार्न पर्नेमा जोड दिए । उनीहरुले अधिकार प्राप्त गर्न फेरिपनि कसैले ज्यान गुमाउन नपरोस भन्दै पार्टीले जनतालाई खुशी र सुखी बनाउने बिश्वास व्यक्त गरेका थिए । फरक आस्था राखेकै कारण जेल परेका बैकुण्ठहरीको जेलमै ज्यान गएको थियो भने सविनलाई पसलबाट गिरफ्तार गरी तत्कालिन राज्य सत्ताले निर्ममतापूर्वक हत्या गरेको थियो ।

    सोमबार आयोजित कार्यक्रममा भूमि आयोगका जिल्ला सदस्य एवं माओवादी केन्द्रका नेता कृष्णलाल गोजाले शहिदहरुको व्यक्तित्व र संगत्बारे सस्मरण सुनाएका थिए । त्यसैगरी, मध्यपुर थिमि नगरपालिकाका उपमेयर समेत रहेका नेकपा(माओवादी केन्द्र) का मध्यपुर थिमि नगर अध्यक्ष विजय कृष्ण श्रेष्ठले जनयुद्ध दिवसको महत्व माथि प्रकाश पार्दै आफू शहिदले देखाएको बाटोमा हिड्ने प्रतिवद्धता प्रकट गरेका थिए ।

    भक्तपुर इन्चार्ज रहेका नेकपा(माओवादी केन्द्र) का केन्द्रीय नेता दिलिप प्रजापति भिष्मले जनयुद्धले देशको राजनीतिक व्यवस्था बदल्न सफल भएपनि जनताको अवस्था बदल्न बाँकी नै रहेको बताए । उनले शहिदले बाँकी कार्यभार बाचेकाहरुको काधमा सुम्पिएको भन्दै त्यो पुरा नहुन्जेल निरन्तर क्रान्तिको पक्षमा आफूहरु लागिरहने जिकिर गरेका थिए ।

    त्यसैगरी वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले शहिदहरुले एक मुठ्ठी सास हुन्जेल पार्टी र क्रान्तिको खातिर गद्दारी नगरेका स्मरण गर्दै अहिले ससाना व्यक्तिगत असन्तुष्टिमा पार्टी र क्रान्तिलाई सत्तोसराप गर्ने ट्रेन्ड देखिएकोमा चिन्ता व्यक्त गरे । जनयुद्धकै जस्तो त्यागी र इमान्दार नेता कार्यकर्ता हुने हो भने शहिदका बाँकी सपना सजिलै पुरा गर्न सकिने उनको भनाइ छ ।

    कार्यक्रममा प्रमुख अतिथि रहेकी अनेम संघ (क्रान्तिकारी) की केन्द्रीय अध्यक्ष अमृता थापामगरले शहिदले बगाएको रगतले आएको वर्तमान व्यवस्थाको रक्षा गर्न र जनताको अवस्था बदल्न एक भएर अघि बढ्नुपर्ने बताइन । जनयुद्धले महिलालाई अधिकार सम्पन्न बनाएको बताउदै उनले राजतन्त्रमा राजाको उत्तराधिकारी समेत छोरी नहुने अवस्थामा गणतन्त्रमा राष्ट्रपति बन्न सफल भएको बताइन ।

    अनेम संघ (क्रान्तिकारी) को मध्यपुर थिमि नगर अध्यक्ष रत्नकेशरी प्रजापतिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य द्वय देवेन्द्र श्रेष्ठ र भुवनकेशरी श्रेष्ठ त्यसैगरी मुख्य मन्त्रीका प्रमुख सल्लाहकार डिपी ढकाल, केन्द्रीय सदस्य प्रतिमा श्रेष्ठ, बैकल्पिक केन्द्रीय सदस्य उमा कपाली, केन्द्रीय सल्लाहकार शिवहरी श्रेष्ठ र जिल्ला संयोजक सुनिल गोठे बासु लगायतको आतिथ्यता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...