News Portal

  • जनयुद्ध दिवसमा भक्तपुरको त:मारीमा दीप प्रज्वलन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १ फागुन २०७९
    ४७० पटक
    भक्तपुर, १ फागुन २०७९

    भक्तपुर नगरमा जनयुद्ध दिवसको अवसरमा दिप प्रज्वलन गरी शहिदप्रति सम्झना र सम्मान व्यक्त गरिएको छ । सोमबार साँझ त:मारी(तौमढि) मा दीप प्रज्वलन गरी शहिदप्रति सम्झना र सम्मान व्यक्त गरिएको हो ।

    नेकपा (माओवादी केन्द्र) को भक्तपुर नगर समितिद्वारा आयोजित उक्त कार्यक्रममा जनयुद्धमा शहादत प्राप्त गरेका शहिदहरुको तस्विर समेत टागिएको थियो । शहिदको बलिदानीको उच्च सम्मान गर्दै कार्यक्रम आयोजना गरिएको नगर अध्यक्ष राकेश सुवालले बताए । अध्यक्ष सुवालले जनयुद्ध दिवसको महत्व क्रान्तिकारी वर्गले मात्र बुझ्ने बताउदै आम जनतालाई यसको महत्व बुझाउन अभियान चलाउनुपर्ने आवश्यकता औल्याए ।

    कार्यक्रममा भक्तपुर सह इन्चार्ज रहेका नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं प्रदेश सांसद देवेन्द्र श्रेष्ठले शहिदले देखाएको बाटो अविचलित हिडिरहने प्रतिवद्धता प्रकट गर्दै शहिदले देखेका सपना पूरा गर्न सबै एक भएर लाग्नुपर्नेमा जोड दिए ।

    त्यसैगरी मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका अर्का केन्द्रीय सदस्य डिपी ढकालले जनयुद्ध राष्ट्रियकरण भएको र यो जनयुद्धका शहिद, बेपत्ता र घाइते प्रति उच्च सम्मान भएको भनेका छन् । बाचेकाहरूले शहिदको सपना पूरा गर्नुपर्ने उनको भनाइ छ ।

    कार्यक्रममा संविधान सभा सदस्यद्वय सुवाल र उमा कपाली त्यसैगरी बागमती प्रदेश सांसद भुवनकेशरी श्रेष्ठ भावना पार्टीका जिल्ला संयोजक सुनिल गोठे, सचिव जीवन तज लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...