News Portal

  • यातायात मजदुरको उपत्यका बन्द फिर्ता

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २ फागुन २०७९
    ३५५ पटक
    भक्तपुर, २ फागुन २०७९

    काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता भएको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको पहलमा बार्ता भएपछि सो बन्द फिर्ता भएको हो। यातायात मजदूर र यातायात महासंघबीच भएको वार्तामा यातायात बन्द फिर्ता लिने सहमति बनेको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको हो ।

    बन्दका कारण जनजीवन प्रभावित भएको थियो । नागरिकले सास्ती खेपिरहेका थिए । भक्तपुरको जगातीमै यातायात मजदुरले सार्वजनिक यातायात रोक्दा कार्यालय जाने कामकाजी मानिसले सास्ती भोग्नु पर्यो । बन्दबारे थाहा नहुदा मानिसहरू सवारी कुरेका कुर्यै गरेका देखिन्थे ।

    वार्तामा मजदुरलाई कुटपिट गर्नेहरुमाथि कारबाही गर्ने, ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँबसपार्कमा गरेको भनिएको अनियमितता लगायतका विषयमा छानविन गर्ने, बाँकी मुद्दाहरुबारे मन्त्रालयले गठन गरेको सर्वपक्षीय कार्यदलमा छलफल गर्ने सहमती बनेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...