News Portal

  • शैक्षिक ऋण दिंदै आएको भक्तपुर नगरपालिकाले गरिब युवालाई उद्यम गर्न पनि ऋण दिने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २ फागुन २०७९
    ४२० पटक
    भक्तपुर, २ फागुन २०७९

    गरिब जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न शैक्षिक ऋणको दिंदै आएको भक्तपुर नगरपालिकाले गरिब उद्यमशील युवालाई उद्यमका लागि समेत ऋण दिने भएको छ । भक्तपुर नगरपालिकाको जारी १३औं नगरसभाले गरिब उद्यमशील युवालाई ऋण प्रदान गर्न निर्देशिका पारित गरेको हो ।

    नगरसभाबाट मंगलवार युवा उद्यमशीलता प्रवर्द्धन ऋण परिचालन सम्बन्धमा बनेको निर्देशिका, २०७९ सर्वसम्मतिले पारित भएको र सोबमिजिम १६ वर्षदेखि ४५ वर्षसम्मका गरिब तथा विपन्न उद्यमशील युवाहरुले रु. ५ लाखसम्म ऋण प्राप्त गर्न सक्ने व्यवस्था रहेको वडाध्यक्ष श्यामकृष्ण खत्रीले जानकारी गराएका छन् । त्यस्तो ऋणको वार्षिक ब्याजदर भने ६ प्रतिशत कायम गरिएको बताइएको छ ।

    ऋण लिने युवा बिपन्न हुनुपर्ने र भक्तपुरनगरपालिका भित्र स्थायी बसोबास भएको हुनुपर्ने प्रावधान राखिएको छ । त्यसैगरी यस्तो ऋण एक परिवारको एकजना सदस्यलाई मात्र उपलब्ध गराउन सकिने र स्वीकृत ऋण एकमुष्ट वा किस्ताबन्दीमा पनि दिन सकिने निर्देशिकामा व्यवस्था गरिएको छ ।

    नगर सभाका सभाध्यक्ष एवं मेयर सुनिल प्रजापतिले नगर सभाले बिपन्न युवालाई उद्यमशील बन्न ऋण दिने व्यवस्थाका लागि निर्देशिका पारित गरेको पुष्टि गरेका छन् । उनले यो व्यवस्थाले बिपन्न नागरिक रोजगारीका लागि भौतारिनुपर्ने वा, बिदेशिनु पर्ने बाध्यताको अन्त्य हुने र स्वदेशमै आत्मनिर्भर हुनसक्ने अवस्था उत्पन्न हुने बिश्वास व्यक्त गरे । ऋण प्रदान गर्दा ऋणीको पहिचान र व्यवसायिक सफलताको पूर्वानुमान लगायतका आधारमा मूल्यांकन गरी ऋण प्रदान गर्ने नगरपालिकाको योजना रहेको छ ।

    मंगलवार बसेकोको नगरसभाको विशेष समयमा सभासद्हरु इन्द्रबहादुर प्याठ, नारायणप्रसाद त्वानाबासु, हेरा ख्याजु, जितेन्द्र मुनंकर्मी, कृष्णनारायण दुमरु, श्यामसुन्दर मातां, सूर्यप्रसाद श्रेष्ठ, सिद्धिराम अवाल, गोविन्द दुवालले भक्तपुरको स्वास्थ्य, विकास निर्माण, खानेपानी, पार्किङ व्यवस्थापन, व्यवस्थित आवास योजना सञ्चालनलगायतका विषयमा आआफ्नो जिज्ञासा राखेका छन् ।
    सभामा उठेका जिज्ञासामाथि प्रष्ट पार्दै स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेँले विद्यालयहरुमा अध्ययन अध्यापन भइरहेको स्थानीय पाठ्यक्रमको प्रभावकारिताबारे बताए ।
    सभामा नगर प्रमुख प्रजापतिको अनुमतिमा विधायन समितिका संयोजक हरिराम सुवालले भक्तपुर नपा, बहुउद्देश्यीय व्यवसायिक भवन निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७९ मा छलफलको लागि सभामा प्रस्तुत गरेका थिए ।
    नगरसभाको अर्को बैठक फागुन ४ गते बिहीबार दिनको १ बजे बस्ने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...