News Portal

  • नेपालमा पनि रोनाल्डो जन्मन्छ : सांसद थापा

    राजेशमान मानन्धर / भक्तपुरपोस्ट भक्तपुर, ३ फागुन २०७९
    ७६८ पटक
    भक्तपुर, ३ फागुन २०७९

    संघीय सांसद दुर्लभ थापाले नेपालमा पनि रोनाल्डो जन्मने जिकिर गरेका छन् । ब्राजिलमा फुटबल खेलेरै नाम र दाम दुवै कमाउन सकिने उदाहरण प्रस्तुत गर्दै खेल क्षेत्रमा लगानी गर्न सके नेपालमा पनि रोनाल्डो जस्ता खेलाडी उत्पादन हुने उनले बताएका हुन् ।

    भक्तपुरमा जिल्लाव्यापी ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको मंगलवार उद्घाटन गर्दै सांसद थापाले गणतन्त्रपछि पनि खेलकुदमा उल्लेखनीय प्रगती नभएको प्रति चिन्ता व्यक्त गरेका छन् । विरेन्द्र रनिङ शिल्डको नाम फेरेर राष्ट्रपति रनिङ शिल्डमा राख्दैमा खेलकुदको बिकास नहुने भन्दै उनले यसका लागि स्पष्ट नीति, कार्ययोजना र परिणामकोढ़ा  आवश्यकता औल्याए ।

    विद्यालयमा खेल्ने ठाउँ नै मासिदै गएकोमा दुख व्यक्त गर्दै सांसद थापाले मोबाइलमा खेलेर रमाउने विद्यार्थीलाई मैदानको प्रतिष्पर्धामा उतार्न पर्नेमा जोड दिए । विद्यालय तहमै खेल क्षेत्रमा लगानी गर्न सके भविष्यमा उत्कृष्ट खेलाडी उत्पादन हुने उनले विश्वास व्यक्त गरे । खेल क्षेत्रको भौतिक पूर्वाधार विकासका लागि स्थानीय, प्रदेश र संघिय सरकारले सहकार्य गर्नुपर्ने भन्दै उनले आफू खेलकुदको बिकासका लागि सदैव लागिपर्ने प्रतिवद्धता प्रकट गरेका थिए ।

    उक्त अवसरमा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले खेलकुदको संस्थागत विकासका लागि नगरपालिका आफैले पनि लगानी गर्ने र सरोकारवाला संग सहयोगको हात बढाउने बताए ।

    सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराईले विद्यार्थीहरुमा रहेको प्रतिभा प्रस्फुटन गराउन र बालबालिकाको बृत्ति विकासमा पनि खेलकुदको जरुरी रहेको भन्दै आफ्नो नगरले यसलाई महत्व दिएर अघि बढाइरहेको दावी गरिन ।

    भक्तपुर नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष उकेश कवाँले खेल क्षेत्रको विकासले अनुशासित र देशप्रेमी नागरिक तयार हुने प्रष्ट पारे । नेकपा(एस) का जिल्ला अध्यक्ष श्याम सुन्दर बस्नेतले खेलकुदको बिकासका लागि सबै राजनीतिक दलको साझा बुझाइ आवस्यक रहेको बताए ।
    नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले भविष्यमा उत्कृष्ट खेलाडी उत्पादन गर्न प्रतियोगिता अवधि भर मात्र नभई विद्यालयस्तरबाटै खेलकुद प्रतियोगिता नियमित सञ्चालन हुनुपर्नेमा जोड दिए ।

    भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्याव्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र श्रेष्ठ र एन प्याव्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले समितिको क्रियाशिलताप्रति सन्तोष व्यक्त गरे ।

    प्रतियोगितामा जिल्लाका चार वटै नगरपालिकामा सम्पन्न नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय भएका १ हजार ८६ जना विद्यार्थीहरुले प्रतिष्पर्धा गर्ने अध्यक्ष दिपक थापाले जानकारी दिए । प्रतियोगिता फागुन ६ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...