News Portal

  • बिर्सने रोग र रोकथामबारे भक्तपुरका कार्यालय प्रमुखहरुलाई सचेतना कक्षा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ फागुन २०७९
    ८३८ पटक
    भक्तपुर, ४ फागुन २०७९

    भक्तपुरस्थित सरकारी कार्यालयका प्रमुखहरुलाई बिर्सने रोग डिमेन्सिया र डिमेन्सिया अल्जाइमर्स बारे जानकारी गराइएको छ । भक्तपुर अस्पतालका बिशेषज्ञ डाक्टर एवं पाटन अस्पतालका मनोरोग बिभाग प्रमुख प्राध्यापक डाक्टर निदेश सापकोटाले सोबारे जानकारी गराएका हुन् ।

    भक्तपुर अस्पतालमा आयोजित सचेतना कक्षामा प्राडा सापकोटाले बिर्सने रोग डिमेन्सिया लागेको थाहाँ पाउने तरिका र थाहाँ पाएपछि अपनाउनुपर्ने सावधानीबारे सतर्क गराएका आयोजक भक्तपुर अस्पतालकी मेसु डा सुमित्रा गौतमले जानकारी गराइन ।

    उक्त कक्षामा प्राडा सापकोटाले कर्मचारीले कार्यालयको बोझ बोकेर घर जानु नहुने सुझाव दिंदै अनावश्यक दबाब र तनावबाट बच्नुपर्ने बताए । बिर्सने रोगबाट बच्न मुटुलाई स्वस्थ राख्नुपर्ने, स्वास्थ्यबर्द्धक खानेकुरा खानुपर्ने, शारारिक व्यायामका साथै मानसीक व्यायाम गर्नुपर्ने र सामाजिक क्रियाकलापमा रम्नुपर्नेमा उनले जोड दिएका छन् ।

    डिमेन्सिया अल्जाइमर्स भने ज्यादातर उमेर ढल्के पछि लाग्ने खतरा हुने प्राडा सापकोटाको भनाइ छ ।बुढेसकालमा बिर्सने स्वभाविक भएपनि अस्वभाविकरुपले हरेक कुरा बिर्सने रोग डिमेन्सिया अल्जाइमर्स भएको उनले बताए । खराब प्रोटिन मस्तिष्कमा हुने न्यूरोनहरूमा जम्मा हुँदै जादा स्मरण शक्ति हराउदै जाने र रोगीले अस्वाभाविकरुपमा बिर्सने प्राडा सापकोटाले बताएका छन् ।

    उनले आफ्नो अनुभव सुनाउदै एक अंग्रेजीको प्राध्यापकले अंग्रेजीको एक बाक्य मात्र नभई वाटरको स्पेलिंग लेख्न समेत नसक्ने अवस्था पाइएको जानकारी गराउदै डिमेन्सिया अल्जाइमर्समा के गर्ने र नगर्ने, के बोल्न हुने र नहुने एवं कहाँ जानुहुने र नहुने भन्ने समेत रोगीले बिर्सने बताए ।

    प्राडा निदेश सापकोटाले अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगन र बेलायतको पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचर त्यसैगरी भारतका पूर्वप्रधानमन्त्री अटल विहारी बाजपेयी अल्जाइमर्स डिमेन्सिया शिकार भएका सूचित गर्दै नेपालमा पूर्व उपप्रधान मन्त्री शैलजा आजार्य यस रोगबाट ग्रस्त भएकी र उनकै स्मृतीमा अल्जाइमर्स डिमेन्सिया सम्बन्धी सचेतना र उपचार सस्थाहरु नेपालमा संचालित रहेका जानकारी दिए ।

    प्राडा सापकोटाले भक्तपुर अस्पतालमा अल्जाइमर्स डिमेन्सियाको निशुल्क उपचार हुने भन्दै त्यसका लागि सिफारिस दिन कन्जुस्याई नगर्न स्थानीय सरकारका प्रमुख प्रशासकीय अधिकृतहरुलाई आग्रह गरेका थिए । विश्वमा प्रत्येक ३ सेकेन्डमा एकका दरले डिमेन्सिया रोगीहरु बढिरहेका बताउदै उनले यसबारे ज्ञान नै नभएका वा भएर पनि उपचार प्रक्रियामा आउन नसक्ने वा, नचाहनेहरुलाई उपचारका लागि हौसला प्रदान गर्नुपर्ने आवश्यकता समेत औल्याए ।

    कार्यक्रममा सहायक सिडिओ माधवप्रसाद शर्मा, एसपी प्रजित केसी, भक्तपुर क्यान्सर अस्पतालका प्रमुख प्राडा बिष्णु दत्त पौडेल, भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रमेश प्रसाद मैनाली लगायतले डिमेन्सियाबारे बिबिध जिज्ञासा राखेका थिए ।

    उक्त अवसरमा सिडिओ खगेन्द्र प्रसाद रिजालले डिमेन्सिया सचेतना कक्षाले लाभ मिलेको बताउदै तनाव व्यवस्थापनका लागि समेत कर्मचारीका लागि छुट्टै तालिम दिन प्राडा सापकोटा र भक्तपुर अस्पतालकी मेसु डा सुमित्रा गौतमलाई आग्रह गरे । कार्यक्रममा सिडिओ रिजालले डिमेन्सिया अल्जाइमर्स रोगीलाई भक्तपुर अस्पतालमा बिशेषज्ञ चिकित्सक सहित निशुल्क उपचार र स्मरण शक्ति ताजगी तालिम प्राप्त हुने कुराको प्रचारप्रसार गर्नुपर्ने र अधिकत्तम मानिसलाई जाँचका लागि प्रोत्साहित गर्नु पर्नेमा जोड दिएका थिए । उनले रोगीलाई हेरचाह गर्नुपर्दा हैरान भएका परिवारलाई सिफारिस गर्नेक्रममा थप हैरानी दिनु नहुने भन्दै सिफारिस लिन आउने सबैलाई छिटो छरितो गरी सिफारिस पत्र बनाइदिन निर्देशन समेत दिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...