News Portal

  • सांसद भण्डारीकी आमा रहिनन्, भण्डारीलाई भारत लैजाने तयारी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ फागुन २०७९
    ३३८ पटक
    भक्तपुर, ४ फागुन २०७९

    घरमै ग्याँस सिलिन्डर विस्फोट हुँदा घाइते भएकी गुल्मीका संघीय सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । उनको बिहीवार बिहान निधन भएको हो ।

    हरिकलाको किर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालकी कार्यकारी निर्देशक डा.निजिना ताम्राकारले पुष्टि गरेकी हुन् । काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति ग्याँस विस्फोट हुँदा हरिकला र सांसद भण्डारी सख्त घाइते भएका थिए । भाण्डारी र उनकी ८९ वर्षीया आमालाई सिभिल अस्पताल हुँदै कीर्तिपुर अस्पताल लगेर आइसीयूमा उपचार थालिएको थियो।

    सांसद भण्डारीको किर्तिपुरस्थित अस्पतालमै सघन उपचार भइरहेको छ । उनलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...