News Portal

  • सत्ता गठबन्धनले बिजुक्छेंलाई राष्ट्रपति बनाउने संकेतपछि बिजुक्छें निवासमा रामचन्द्र पौडेल

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ फागुन २०७९
    ७८३ पटक
    भक्तपुर, ४ फागुन २०७९

    सत्तारुढ गठबन्धनले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंलाई राष्ट्रपतिको उम्मेदवार बनाउने संकेत पाएपछि नेपाली काँग्रेसका तर्फबाट  राष्ट्रपतिका सम्भावित उम्मेदवार रामचन्द्र पौडेल भक्तपुरस्थित बिजुक्छें निवास आइपुगेका छन् ।

    नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेलले कमलविनायकस्थित बिजुक्छें निवासमा बिहीबार २ घण्टा बिताएको नेमकिपा श्रोतले जनाएको छ । नेता पौडेलले बिजुक्छेंसंग वर्तमान राजनीतिक अवस्थाको विषयमा राजनीतिक भेटघाट गरेका बताइएको छ ।

    वर्तमान नेपालको राजनीतिक घटनाक्रम र आसन्न राष्ट्रपति निर्वाचनको विषयमा दुवै नेता बिच छलफल भएको स्रोतको दावी छ । भेटघाटमा तरुण दलका पूर्व अध्यक्ष एवं भक्तपुरका काँग्रेस नेता विनोद प्रकाश कायस्थ पनि सहभागी रहेका थिए । नेपाली काँग्रेसबाट राष्ट्रपति उम्मेदवारमा बरिष्ठ नेता पौडेल र कृष्ण सिटौलाको नाम चर्चामा रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    आज क्रिसमस, देशभर सार्वजनिक बिदा

    क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज  क्रिसमस डे मनाइदैछ । क्रिसमस पर्वको...

    ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ

    आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...

    बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध

    bhaktapur police

    भक्तपुरको सूर्यविनायक-२ बालकोटमा बुवा र भाइको हत्यामा संलग्न रही फरार भएका भनिएका युवकले प्रहरीसमक्ष आत्मसमर्पण...

    पाकिस्तान सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हास्मीले शिष्टाचार भेट गरेका छन्...

    बागमती प्रदेशको पहिलो प्राविधिक सचिव बन्दै डा सुमित्रा गौतम

    भक्तपुर अस्पतालकी मेडिकल डाइरेक्टर डा सुमित्रा गौतमले सचिवको जिम्मेवारी सम्हाल्ने भएकी छन् । बागमती प्रदेश...