News Portal

  • ओली निवास बालकोटमै पानीको अभाव : सांसद दुर्लभ थापाले दिए यस्तो निर्देशन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ५ फागुन २०७९
    ७०७ पटक
    भक्तपुर, ५ फागुन २०७९

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले खानेपानी समस्या समाधान गर्न पहल गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका बालकोट लगायत कतिपय ठाउँमा पानी अभावपछि सांसद थापाले त्यसका लागि पहल लिएका हुन् ।

    सांसद थापाले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का भक्तपुर प्रमुखलाई आफ्नो कार्यालयमा बोलाएर बालकोटलगायतका क्षेत्रमा मेलम्चीको पानी तत्काल वितरणको व्यवस्था गर्न आग्रह गरेका छन् । उनले मेलम्ची र बोडेको पानीको सहि व्यवस्थापन गरी सबैतिर पानी पुर्याउनुपर्ने आवश्यकता औल्याउदै खानेपानी कतै खेर जाने कतै नपाइने अवस्था अन्त्य गर्न निर्देशन दिए । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास स्थल समेत रहेको बालकोट क्षेत्रमा खानेपानीको अभाव हुनु लाजमर्दो विषय भएको भन्दै सांसद थापाले खानीपानी समस्या हल गर्न केन्द्र, प्रदेश र स्थानीय सरकारको संयुक्त र परिणाममुखी कार्य हुनुपर्ने प्रष्ट पारे ।

    केयुकेएलका भक्तपुर प्रमुख चेतबहादुर ऐरले तत्कालको लागि बोडेको पानी थिमिहुँदैं सूर्यविनायकको बालकोट क्षेत्रमा वितरण गर्न सकिने विकल्प पेश गरेका थिए । साथै, उनले मेलम्चीको पानी कटुञ्जेस्थित मेलम्ची आयोजनाले निर्माण गरेको ट्यांकीसम्म ल्याउन सकिने र त्यसपछि लिफ्टीङ गरेर बालकोटलगायतका स्थानमा वितरण गर्न सकिने सम्भावनाबारे बताएका र त्यसको लागि प्रक्रिया शुरु गर्ने प्रतिवद्धता प्रकट गरेका सांसद थापाको सचिवालय सदस्य रमेश खड्काले जानकारी दिए । सो अवसरमा सूर्यविनायकको खानेपानीको समस्या दिर्घकालिनरुपमा समाधान गर्न गुण्डु र सिपाडोलमा ड्याम बनाउन सकिने बारे पनि छलफल भएको बताइएको छ ।

    सूर्यबिनायक र मध्यपुर थिमी क्षेत्रको आफू जनप्रतिनिधि हुनुको हैसियतले दीर्घकालीन रुपमा समाधानका उपाय खोजेर अगाडि बढ्न केयुकेएलका प्रतिनिधिलाई प्रोत्साहित गर्दै सांसद थापाले त्यसका लागि आफुले माथिल्लो निकायमा आवश्यक पहल र समन्वय गर्ने प्रतिवद्धता पनि प्रकट गरेका केयुकेएलका भक्तपुर प्रमुख चेतबहादुर ऐरले जानकारी गराए ।

    छलफलमा सूर्यविनायक नगरपालिकाका विभिन्न वडाका वडाअध्यक्षहरु प्रदिप कार्की, ईश्वर खडका , भगवान खत्री, दिपेन्द्र केसी एवं खानेपानी उपभोक्ता समितिका अध्यक्ष श्रीकृष्ण बासु र पूर्ण बिशुङ्खे लगायतको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...