भक्तपुर, ९ फागुन २०७९ नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाका पूर्वसभापति एवं शिक्षक नायक भुवन चरण श्रेष्ठले युवा रेडक्रस सर्कलहरुको गठन पुर्नगठन सम्बन्धी अन्तरक्रिया कार्यक्रम मानवीय सेवामा युवाहरुको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिएका छन् । नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाले उपशाखाका सभापति बाबुकाजी श्रेष्ठको सभापतित्वमा आयोजित अन्तरक्रिया कार्यक्रममा महत्त्वपुर्ण भूमिकाबारे बताएका हुन् ।
मध्यपुर थिमि उपशाखा अन्तर्गत ६ वटा विद्यालयहरुमा युवा रेडक्रस सर्कल र ४ नं. वडामा युवा रेडक्रस सर्कल रहेको जानकारी दिंदै श्रेष्ठले युवाहरुको सकारात्मक सोचको विकास, व्यक्तित्व विकास, रचनात्मक क्रियाकलापहरुको लागि युवा रेडक्रस सर्कल अनिवार्य रहेको बताए । युवा रेडक्रस सर्कल गठन पुर्नगठन प्रक्रिया र विधिको बारेमा समेत उनले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा सहभागी शिक्षक नायक र युरेस अध्यक्षहरुले युरेस क्रियाशील गराउन उपशाखाको महत्वपूर्ण भूमिका रहने भएकोले अभिभावकत्व ग्रहण गरी सहयोग गर्न सुझाएका थिए ।
उपशाखाका सचिव जीवन श्रेष्ठल युरेसलाई क्रियाशीलन बनाउन उपशाखाले अभिभावकत्व ग्रहण गरी विभिन्न क्रियाकलाहरु युरेस माफर्त संचालन गर्ने र विभिन्न गतिविधिहरुमा उपशाखा सहभागी भई सहयोग गर्ने र विभिन्न संघसंस्थासँग पनि सहकार्य गर्दै जाने प्रतिवद्धता जनाएका छन् ।
अन्तरक्रिया कार्यक्रम स्थानीय जनआदर्श क्याम्पसमा सम्पन्न भएको हो ।