News Portal

  • नेपालको ऐतिहासिक जीत

    भक्तपुर, ९ फागुन २०७९
    ३४७ पटक
    भक्तपुर, ९ फागुन २०७९

    आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले इतिहास रचेको छ ।

    आज (मंगलबार) टियु मैदानमा भएको खेलमा स्कटल्याण्डलाई दुई विकेटले पराजित गर्दै त्रिकोणात्मक सिरिजमा शतप्रतिशत जिन निकाल्दै नेपालले इतिहास रचेको हो । त्रिकोणात्मक सिरिज सुरु भएदेखि शतप्रतिश जित निकाल्ने नेपाल पहिलो टोली बनेको छ ।

    जितको लागि २ सय १३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

    नेपाललाई रोमाञ्चक जित दिलाउनका लागि कप्ता रोहित पौडेलले उत्कृष्ट प्रर्दशन गरे । उनले १०१ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै ९५ रन बनाए । रोहितको ओडिआई करिअरको सातौं अर्धशतक हो ।

    नेपालको करन केसीले ३७ बलमा दुई चौका प्रहार गर्दै ३१ रन जोडे । त्यस्तै नेपालका लागि ज्ञानेन्द्र मल्लले २१ रन, आसीफ सेखले १२, कुसल मल्लले १७, दीपेन्द्र सिंह ऐरीले ७ रन जोड्दा कुशल भुर्तेलले १ रनमा आउट भएका थिए ।

    स्कटल्यान्डविरुद्ध नेपालले सुरुवात देखिनै खराब प्रदर्शन गरेको थियो । नेपालले दोस्रो ओभरमै ओपनर कुशल भुर्तेलाई एक रनमा गुमाएको थियो । स्पिनर मार्क वाटको दोस्रो ओभरको पहिलो बलमै कुशल एलबीडब्लू आउट भएका थिए ।

    त्यसअघि टयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड ४६.१ ओभरमा २ सय १२ रनमा अल आउट भएको थियो । स्कटल्यान्डका ओपनर जर्ज मुन्शे ५० बमा ९ चौका र २ छक्कासहित सर्वाधिक ६० रन बनाएका थिए ।

    यो जितसँगै नेपाललाई शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता जोगाउन सहज हुनेछ । नेपालले पहिलो खेलमा स्कटल्यान्ड नेपालसँग तीन विकेटले पराजित भएको थियो । नेपालले स्कटल्यान्डले प्रस्तुत गरेको २ सय ७५ रनको विजयी लक्ष्य ४७ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो ।

    स्कटल्यान्ड ३५ खेलमा २४ मा जित र ९ मा हारसहित ५० अंकका साथ शीर्षस्थानमा छ । नेपाल २७ खेलमा ११ मा जित र १५ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । यदि नेपालले बाँकी सबै ८ खेल जितेको खण्डमा ४२ अंकका साथ शीर्ष तीनमा रहँदै सोझै जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछ ।

    शीर्ष तीनमा पर्न नसके प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता जोगाउन ८ मध्य ४ खेल जित्नुपर्ने हुन्छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...