News Portal

  • स्वास्थ्यमन्त्री स्वीटजरल्याण्ड प्रस्थान

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १० फागुन २०७९
    २५७ पटक
    भक्तपुर, १० फागुन २०७९

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान गरेका छन् । स्वीटजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रीस्तरीय शिखर सम्मेलनमा भाग लिन मन्त्री गिरी गएराति त्यसतर्फ प्रस्थान गरेका हुन् ।

    सम्मेलनमा विश्वका विभिन्न देशका स्वास्थ्यमन्त्रीको सहभागिता हुने बताइएको छ । मन्त्रीसँगै मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल र मन्त्रीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीसमेत त्यसतर्फ प्रस्थान गरेका छन् ।

    मन्त्री गिरी सम्मेलनमा भाग लिई यही फागुन १४ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा उप प्रधानमन्त्रीलाई तानातान

    भक्तपुरको चाँगुनारायणमा बिहीवार उप प्रधानमन्त्रीद्वय विष्णु पौडेल र प्रकाशमान सिंह देखिए । स्मार्ट सिटी कार्यान्वयन...

    शहीद पत्नी एवं भक्तपुर कांग्रेसकी नेतृ झाको निधन

    शहीद पत्नी एवं नेपाल महिला संघ भक्तपुरकी पूर्व अध्यक्ष शारदा झाको निधन भएको छ ।...

    एसईई दिने विद्यार्थीलाई नेसनल प्याव्सन भक्तपुरको अभिमुखीकरण

    नेसनल प्याव्सन भक्तपुरले शैक्षिक वर्ष २०८१ को एसईईमा सम्मिलित हुने आफ्ना विद्यार्थीलाई अभिमुखीकरण गरेको छ...

    पत्रकार प्रजापतिको उपचारमा पत्रकार महासंघको २९ हजार सहयोग

    भक्तपुर । मुटु रोगको उपचार गरिरहेका पत्रकार प्रेम प्रजापतिलाई नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आर्थिक...

    नगरपालिकाको नमूना काम, किसान दङ्ग

    झापा । झापाको बिर्तामोड नगरपालिकाले नेपालकै नमूनाको रुपमा तरकारीको न्यूनतम समर्थन मूल्य कायम गरी किसानलाई...