सुदूरपश्चिम आज दिउँसो १ बजेर ४५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । बाजुराको बिछ्यामा केन्द्रबिन्द भएर ५ रेक्टर स्केलको भुकम्प गएको प्रमुख जिल्ला अधिकारी श्रीमान पौडेलले जानकारी दिएका हुन् ।
हिमाली जिल्ला हुम्लामा पनि भुकम्पको धक्का महशुस गरिएको छ । स्थानीयका अनुसार आज दुइ पटक भुकम्पको धक्का महशुुस गरिएको छ । भुकम्पको क्षतिबारे अहिलेसम्म जानकारी नआएको प्रजिअ पौडेलको भनाइ छ ।