News Portal

  • भक्तपुरमा एमालेको ‘मिसन ग्रासरुट’ शुरु

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १० फागुन २०७९
    ६४६ पटक
    भक्तपुर, १० फागुन २०७९

    भक्तपुरमा नेकपा (एमाले) ले मिसन ग्रासरुट कार्यक्रम शुरु गरेको छ । बुधवार पलासेस्थित फनपार्कमा आयोजित जिल्ला कमिटीको ८ औं पूर्ण बैठकका बीच मिसन ग्रासरुट कार्यक्रम शुरु भएको घोषणा गरिएको हो ।

    पार्टीका जिल्ला सचिव मोहनवीर श्रेष्ठले भक्तपुरमा नेकपा (एमाले) को मिसन ग्रासरुट कार्यक्रम शुरु भएको जानकारी गराएका हुन् । केन्द्रीय कार्यक्रमको रुपमा रहेको पार्टी सुदृढिकरण तथा बिस्तार अभियान मिसन ग्रासरुट भक्तपुरमा बुधवारबाट शुरु भएको सचिव श्रेष्ठले जनाएका छन् ।

    जिल्ला अध्यक्ष बचन देउजाको अध्यक्षता रहेको समारोहमा  केन्द्रीय सचिव गोकर्ण बिष्टले मिसन ग्रासरुट कार्यक्रमको उद्घाटन गरेका थिए । उक्त अवसरमा सचिव बिष्टले पार्टी संगठनलाई बलियो बनाउन जनतासंग जोडिन निर्देशन दिएका थिए । जनताको सुख दुखको साथी भएर पार्टीलाई जनतामाझ अझ स्थापित गर्नुपर्नेमा उनले जोड दिए ।

    उक्त अवसरमा पार्टीका पोलिटब्युरो सदस्य एवं भक्तपुर २ का निवर्तमान प्रतिनिधि सभा सदस्य महेश बस्नेत, केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज सोमप्रसाद मिश्र लगायतले भक्तपुरमा एमालेको सांगठानिक अवस्थाबारे चर्चा गर्दै संगठन विस्तारका समस्या र सम्भावनाबारे व्याख्या गरेका थिए ।

    कार्यक्रममा जिल्ला स्थित केन्द्रीय नेताहरु, प्रदेश पदाधिकारीहरु, जिल्ला कार्यसमिति र नगर अध्यक्षहरुको सहभागिता रहेको बताइएको छ । मिसन ग्रासरुटका लागि नेकपा (एमाले) ले भक्तपुर कमान्डरका रुपमा पोलिटब्युरो सदस्य अरुण नेपाल र केन्द्रीय सदस्य  सरिता न्यौपानेलाई नेतृत्व सुम्पेको छ । कार्यक्रममा उनीहरुले बुधबारबाट शुरु भएको कार्यक्रम जिल्ला, नगर तथा वडा हुँदै टोलटोल र घरघर सम्म पुग्ने योजनाबारे बताएका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...