News Portal

  • मध्यपुर थिमिका उपप्रमुख माथि आक्रमण

    मदन ढुंगाना / भक्तपुर पोस्ट भक्तपुर, १४ फागुन २०७९
    ६५६ पटक
    भक्तपुर, १४ फागुन २०७९

    मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठमाथि आक्रमण भएको छ । आइतवार बिकास निर्माणमा सहजीकरण गर्न पुगेका उप प्रमुख श्रेष्ठमाथि आक्रमण भएको हो ।

    नेकपा(एमाले) का नगर कमिटी सचिव नै रहेका मथिनपा- ५ का सुमन जोशीको नेतृत्वमा रहेको एक अराजक समूहले उपप्रमुख माथि सुनियोजित आक्रमण गरेको उनको सचिवालयले जनाएको छ । बालकुमारी हात्तिमहाकाल सडक अन्तर्गत वडा नम्बर ४ को दुईपोखरीमा ढुंगा बिछ्याउने कार्यमा अवरोध गर्दै आक्रमण भएको बताइएको छ ।

    नगर प्रमुख सुरेन्द्र श्रेष्ठको नेतृत्वमा निर्माणमा सहजीकरण गर्न नगरपालिकाको टोली आइतवार बिहान दुईपोखरी पुगेको थियो । घटना बारे प्रतिक्रिया दिंदै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बिकास विरोधीहरु बिकास निर्माण रोक्न तल्लो स्तरमै उत्रिएको बताए । जनताको प्रतिनिधिमाथि आक्रमण गर्नु जनतामाथिकै आक्रमण भएको भन्दै नगर प्रमुख श्रेष्ठले उनीहरुलाई उन्मुक्ति दिन नसकिने बताए । नगरपालिकाले कानुनी कारवाही अघि बढाएको उनले जनाएका छन् ।

    जिल्ला प्रहरी वृत्त थिमिका डिएसपी रविन्द्र श्रेष्ठले घटनाको पुष्टि गर्दै वृत्तमा नगरपालिकाले उजुरी दर्ता गराएको जानकारी दिए । आरोपीलाई वृत्तमा ल्याउन र अनुसन्धान अघि बढाउँन आफूले निर्देशन दिइसकेको उनको भनाइ छ ।

    बिकास बिरोधीहरु भौतिक आक्रमणमै उत्रनु गुण्डागर्दीको पराकाष्टा भएको प्रतिक्रिया दिंदै उप प्रमुख विजयकृष्ण श्रेष्ठले आफूलाई यसले बिचलित बनाउन नसक्ने बताए । गुण्डागर्दीदेखि नडराई अविचलितरुपमा जनसेवामा जुटिरहने उनले प्रतिक्रिया दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...