News Portal

  • ओलम्पिक छनोट खेल नेपालमा

    इभक्तपुर संवाददाताभक्तपुर, १४ फागुन २०७९ भक्तपुरपोस्ट
    ३५० पटक
    भक्तपुर, १४ फागुन २०७९ भक्तपुरपोस्ट

    सन् २०२४ मा फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक गेम्सका लागि महिला फुटबलको एसिया छनोट अन्तर्गत समूह ‘सी’ को छनोट खेल नेपालमा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पहिलो चरणको छनोट खेल अप्रिल ३ देखि ११ तारिखसम्म नेपालमा आयोजना गर्न लागेको हो ।

    समूह ‘सी’ मा आयोजक नेपाल, भियतनाम र अफगानिस्तान रहेको छ । यसअघि समूहमा रहेको प्यालेस्टाइनले समूहबाट नाम फिर्ता लिएको छ । एसियाली फुटबल महासङ्घले प्रारम्भिक चरणमा सहभागी २६ टोलीलाई सात समूहमा विभाजन गरेको हो र समूहको शीर्षटोली दोस्रो चरणका लागि छनोट हुनेछ ।

    ओलम्पिक छनोटको तयारीका लागि नेपाली महिला फुटबल टोलीले हालै भारतमा दुई वटा मैत्रीपूर्ण अभ्यास खेल खेलेको थियो । चेन्नईमा भएको दुवै खेल बराबरीमा सकिएको थियो । गोरखापत्र

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...