News Portal

  • सानोठिमीमा जेसीजको तालिम सम्पन्न, के हो जेसिज

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १४ फागुन २०७९
    ५३२ पटक
    भक्तपुर, १४ फागुन २०७९

    नेपाल जेसीजले सानोठिमीमा तालिम सम्पन्न गरेको छ । शनिवार जेसीजले आधारभूत तालिम सम्पन्न गरेको हो ।

    नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा ठिमी जेसीज पूर्व अध्यक्ष जेसी जीबन श्रेष्ठले तालिममा सहभागीलाई प्रशिक्षण दिएका थिए । उक्त तालिममा २५ जनाको सहभागीता रहेको थियो । जेसीजमा सदस्यता लिन नभई नहुने उक्त तालिममा सहभागी हुने सम्पूर्ण प्रशिक्षार्थीहरु तालिमपश्चात जेसीजको सदस्यता प्राप्त गर्न योग्य भएका कुरा प्रशिक्षक जेसी जीबन श्रेष्ठले जानकारी गराए ।

    ठिमी जेसीज बर्ष २०२३ का अध्यक्ष जेसी पुजा श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त तालिमले जेसिजको बिकासमा सहयोग पुग्ने बिश्वास व्यक्त गरिएको छ । जेसिजले आगामी दिनहरुमा स्थानिय सरकार एवं संघ÷संस्थाहरुसँगको साझेदारीमा बैठक प्रणाली तालिम दिने योजना रहेको आयोजकले जानकारी दिएको छ ।उक्त तालिममा ठिमी जेसीज बर्ष २०२३ का वोर्ड पदाधिकारीहरुको उपस्थिति रहने महासचिव जेसी उज्वल श्रेष्ठले जनाएका छन् ।

    के हो जेसिज
    जेसीज भन्ने शब्दको उत्पत्ति Junior Citizens बाट भएको हो । Junior Citizens लाई छोटकरीमा वा संक्षेपमा भन्नु पर्दा Jcs भनियो कालान्तरमा Jcs को उच्चारण गर्दा Jaycees रहन गएको हो ।

    जेसीज भनेको १८ देखि ४० बर्ष सम्मका युवाहरुको नेतृत्व क्षमताको विकास गर्ने विश्वव्यापी संस्था हो यो प्रत्यक्ष रुपमा सामाजिक विकास प्रति समर्पित संस्था होईन । यो व्यक्तिको प्रतिभा बिआकास प्रति समर्पित सस्था हो । यसको केन्द्र विन्दु व्यक्ति – मानिस हो ।

    प्रत्येक मानिस भित्र प्रतिभा हुन्छ र उक्त प्रतिभालाई प्रस्फुटन गराउनु र व्यक्तित्वको बिआक्स गराउनु जेसीजले मूल ध्येय हो । जेसिजले आफना सदस्यहरुलाई उपयूक्त अवसरहरु उपलब्ध गराएर उनीहरुमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराई नेतृत्व दिन सक्षम बनाउने र एक असल एवं योग्य व्यक्ति बनाउने बताइन्छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...