भक्तपुरमा जबरजस्ती करणीको आरोपमा मध्यपुर ठिमीबाट एक जना पक्राउ परेका छन् । आफ्नै डेराकोठामा १७ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै पिडितको आफन्तले दिएको जाहेरी दरखास्तको आधारमा दोलखा घर भइ हाल लोकन्थलीमा डेरा गरी बसेका एक व्यक्ति पक्राउ परेका हुन् ।
फागुन ७ गते गरिएको जबरजस्तीको जाहेरी दरखास्तको आधारमा उनको खोजतलास गरी फागुन १५ गते पुरानोठिमीबाट उनलाई नियन्त्रणमा लिएको सूचना अधिकारी रहेका डिएसपी कुमार प्रसाद मैनालीले जनाए ।
जिल्ला अदालत भक्तपुरमा पेश गरेका उनलाई ६ दिनको म्याद थप गरी थप अनुसन्धान गर्न प्रहरी वृत ठिमीमा राखिएको डिएसपी मैनालीले जानकारी दिए ।