प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय बजारबाट एलपी ग्यासको मूल्य बढेर आएको भए पनि तत्काल मूल्यवृद्धि नगर्न निर्देशन दिएका छन ।
रू.३३९.०६ रुपैया प्रति सिलिन्डर मूल्य वृद्धि भएपनि त्यो लागू नगर्न उनले निर्देशन दिएका सचिवालयले जनाएको हो ।
प्रधानमन्त्रीले आम उपभोक्ता र विद्यार्थीहरूको हितलाई ध्यानमा राख्दै मूल्यवृद्धि नगर्न निर्देशन दिएपछि नेपाल आयल निगमले सूचना जारी गर्दै सोबारे जानकारी गराएको छ ।