News Portal

  • राष्ट्रिय परीक्षा बोर्डले खुलायो एसईईको रजिष्ट्रेसन फारम

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ फागुन २०७९
    ५७४ पटक
     भक्तपुर, १९ फागुन २०७९

    राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यलयले कक्षा ९ मा अध्ययनरत विद्यार्थीका लागि कक्षा १० को रजिष्ट्रेसन फाराम खुला गरेको छ । कार्यालयले विद्यालयलाई विद्यार्थीको फाराम भर्दा पछि फेरि सच्याउनु नपर्ने गरी सहि फाराम भर्न/भराउन अनुरोध गरेको हो ।

    शैक्षिक सत्र २०७९ मा कक्षा ९ मा साधारण, परम्परागत तथा प्रविधिक धारतर्फ नियमित रुपमा अध्ययनरत विद्यार्थीहरुले २०८० सालको नियमित माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सहभागी हुनको लागि फारम भर्नुपर्नेछ ।

    फाराम आजदेखि चैत मसान्तसम्म नियमित शुल्क र २०८० सालको बैशाख १५ गतेसम्म दोब्बर शुल्कमा भर्न भराउन सक्नेछन् ।

    २०७२ देखि २०७७ सालसम्मका विद्यार्थीले अनिवार्य विषयमा न्यूनतम डीप्लस ग्रेड र २०७८ सालमा न्यूनतम डी ग्रेड प्राप्त गरेको ग्रेटसिट र जन्मदर्ता प्रमाणपत्र बुझाउनुपर्ने छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...