News Portal

  • चलचित्र पत्रकार संघका १८ जनाको सामूहिक राजीनामा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ फागुन २०७९
    ५५० पटक
     भक्तपुर, १९ फागुन २०७९

    बिहिबार चलचित्र पत्रकार संघका १८ जना सदस्यले सामूहिक राजीनामा दिएका छन् । यौन दुर्व्यवहारको आरोप लागेका व्यक्ति नेतृत्वमा आएको भन्दै १८ जना साधारण सदस्य रहेका पत्रकारहरुले राजीनामा दिएका हुन् ।

    काठमाडौंमा बुधबार सम्पन्न नवौं महाधिवेशनबाट अध्यक्षमा समिर बलामी निर्वाचित भएका थिए । बलामीले संघकै सदस्यमाथि यौन दुर्व्यवहार गरेको विषय केही समयअघिमात्रै सार्वजनिक भएको थियो ।

    राजीनामा दिनेमा पुष्पा थपलिया, संगीता गिरी, सुशील पौडेल, सम्झना उप्रेती रौनियार, प्रदीप कार्की, विशाल राई, प्रकाश ढकाल, रीना मोक्तान, गणेश वली, लोकेन्द्र राउत, अनिल यादव, चिरञ्जीवी सापकोटा, सुशील नेपाल, लक्ष्मी बलायर, बैकुण्ठराज पराजुली, स्वेच्छा राउत, सविन ढकाल र संगीता श्रेष्ठ छन् ।

    संघद्वारा गठित छानबिन समितिले अनुसन्धान प्रक्रिया जारी रहेको अवस्थामा यौन दुर्व्यवहारका आरोपित नै अध्यक्ष पदमा निर्वाचित भएको भन्दै उनीहरुले राजीनामा दिएको बताएका छन् ।

    बलामी विवादित कम्पनी सूर्य कर्पोरेसनमा आबद्ध छन् । उनले अध्यक्षमा उम्मेदवारी दिँदा पीडित पत्रकारले दाबीविरोध गरेकी थिइन् । आरोप लागेपछि बलामीले संघको तत्कालीन कार्यसमितिको महासचिव पदबाट राजीनामा दिएका थिए ।

    छानबिन समितिकै संयोजक रहेकी सुरक्षा भट्टराई पनि संघको महिला उपाध्यक्षमा चयन भएकी छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...