News Portal

  • दुर्गा प्रसाईंलाई केपी ओलीले दौडाइरहेका छन् : सांसद दोङ

    भक्तपुरपोस्ट संवाददाता काभ्रे, २० फागुन २०७९
    ४६१ पटक
    suryaman dongकाभ्रे, २० फागुन २०७९

    पूर्व राज्यमन्त्री रहेका प्रतिनिधि सभा सदस्य सूर्यमान दोङ (लालध्वज)ले दुर्गा प्रसाईंलाई नेकपा(एमाले) ले केपी ओली र ज्ञानेन्द्र शाहको योजनामा दौडाइरहेको दावी गरेका छन् । एमाले नेता दुर्गा प्रसाईंको अभियानमा उनीहरुको निर्देशन रहेको दोङले दावी गरेका हुन् ।

    नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य समेत रहेका सांसद दोङले शनिवार प्रेस सेन्टर नेपालको साधारण सभालाई धुलिखेलमा सम्बोधन गर्दै नेकपा एमालेले देशलाई अध्यारो तर्फ लैजान खोजेको पनि आरोप लगाए । प्रेस सेन्टरले एमालेको भण्डाफोर गर्नुपर्ने उनको भनाइ छ ।

    नेकपा(माओवादी केन्द्र) लाई साथ् दिएको जस्तो देखाएर प्रधानमन्त्री प्रचण्डलाई घेराबन्दी गर्न खोजेको र वर्तमान व्यवस्था तथा शान्ति सम्झौतालाई भड्खालोमा हाल्ने तानाबाना बुनेको सुइँको पाएपछि आफ्नो पार्टी पुरानै गठबन्धनमा फर्किएको उनले जिकिर गरे । सांसद दोङले शान्ति सम्झौताको मुख्य हस्ताक्षरकर्ता एमाले नभएकोले शान्ति सम्झौताका  मुख्य दलहरु एक ठाउँमा उभिएर देशलाई स्थिरता तर्फ लैजान खोजेको प्रष्ट पारे ।

    एमाले अध्यक्ष ओलीले राष्ट्रपतिमा सुबास नेम्वाङ्गलाई उतिबेलै अघि सारेको भए गठबन्धन नटुट्ने पनि उनको भनाइ छ । ” ओलीले जित्ने अवस्थामा डोरमणि पौडेल र बिष्णु रिमालमा जिद्दी गरे, हार्ने बेलामा नेम्वाङ्गलाई राष्ट्रपति उम्मेदवार बनाए ।” उनले भने ।

    दोङले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ असफल भए व्यवस्था असफल हुने भन्दै परिवर्तका पक्षपातीहरू एकठाउँ उभिएर प्रतिगामीहरुसंग मुकाबिला गर्नुपर्ने बताएका छन् ।

    कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य रत्न ढकाल, संविधानसभा सदस्य तेजबहादुर मिजार र नेकपा(माओवादी केन्द्र) का जिल्ला संयोजक भोला अर्याल लगायतले पछिल्लो राजनीतिक परिवेशबारे प्रकाश पारेका थिए भने प्रेस सेन्टर नेपालका उपाध्यक्ष लक्ष्मण खड्का, महासचिव सन्तोष पौडेल, सचिव ग्याम्जो तामाङ र वागमती प्रदेश अध्यक्ष यदुनाथ गौतम लगायतले संगठनको भूमिका र योजनाबारे बताएका थिए ।

    प्रेस सेन्टर नेपालका काभ्रे जिल्ला अध्यक्ष रोजन तामाङ्गको अध्यक्षतामा सम्पन्न साधारण सभाले अध्यक्ष, सचिव र कोषाध्यक्षले प्रस्तुत गरेका प्रतिवेदन सर्वसम्मत पारित गरेको बताइएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...