News Portal

  • मेयर बालेनको गुन्डू आगमन अर्थपूर्ण

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ फागुन २०७९
    ५५८ पटक
    भक्तपुर, २४ फागुन २०७९

    पूर्वमन्त्री समेत रहेका नेकपा(एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतलाई भेट्न काठमाडौं महानगरका मेयर बालेन्द्र साह(बालेन) भक्तपुर आइपुगेका छन् । सूर्यविनायक ७ गुण्ड स्थित बस्नेत निवासमै आएर मेयर बालेनले उनीसंग भेटवार्ता गरेका हुन् ।

    बुधवार बस्नेत निवासमा आएका मेयर बालेन र नेता बस्नेतबीच सहयोग र सद्भावका साथ अघि बढ्ने विषयमा कुराकानी भएको नेता बस्नेतको सचिवालय सदस्य बिरेन चम्लागाइले बताए । काठमाडौँ र भक्तपुरको बिकासलाई जोड्ने र विद्यमान समस्या समाधानमा पहल गर्ने प्रतिवद्धता प्रकट गरिएको बताइएको छ ।

    उनीहरुको कुराकानी मनोहरा करिडोर निर्माण र त्यहाँका समस्या समाधान त्यसैगरी मनोहरा नदीको बहाव परिवर्तन र त्यसको समाधान र सकुम्बासी बस्तीको समस्या समाधानको उपायमा केन्द्रीत रहेको जानकारी गराइएको छ । त्यसैगरी कोटेश्वर चोकमा आकाशे पुल निर्माण,मनोहरा प्लानिङ आयोजना, स्मार्ट सिटी लगायत विषयमा समेत महत्वपूर्ण वार्ता भएको सचिवालय सदस्य बिरेन चम्लागाइले बताए ।

    भेटवार्तामा राष्ट्रिय राजनीतिको बारेमा पनि कुराकानी भएको थियो । मेयर बालेनले सरकार परिवर्तनको सम्भावना बारे प्रश्न राखेका थिए । उनले एमाले र कांग्रेस मिलेर सरकार बन्न सक्ने सम्भावना बारे चासो राख्दा तत्काल त्यो सम्भावना नदेखिएको नेता बस्नेतले जानकारी गराएका थिए ।

    त्यस्तै मेयर बालेनले निवर्तमान सांसद समेत रहेका बस्नेतको पहलमा भएका केही विकास निर्माणका कामको अवलोकन गर्नुका साथै पुनःनिर्माण गरिएको अनन्तलिङ्गेश्वर मन्दिर, ऐतिहासिक अनन्त झुला (कुण्ड), पाथिभरा मन्दिर र निर्माणाधिन राष्ट्रिय प्राणी उद्यान केन्द्र लगायतका स्थानको अवलोकन समेत गरेका थिए ।

    यस अघि बिना विकल्प र बिना क्षतिपूर्ति गरिब, सुकुम्बासी र साना व्यवसायीमाथि डोजर आतंक मच्चाएर उनीहरुलाई बिचल्ली बनाउन नपाइने बताउदै युवा संघका इन्चार्ज समेत रहेका नेता बस्नेतले मेयर बालेनको चर्को बिरोध गरेका थिए । उनीहरुबीच जुहारी समेत चलेको थियो । बालेनसंग अनावश्यक रुपले उल्झदा मत प्रभावित भएको र हार व्यहोर्नु परेको निष्कर्ष निकालेका नेता बस्नेतले सम्बन्ध सुधारको प्रयास गर्दै आएका थिए । बुधवार बस्नेत निवासमै आएर मेयर बालेनले पुरानो कुरा बिर्सिएको प्रमाणित पनि गरे । त्यतिमात्र होइन, नेकपा(एमाले)को राजनीति र त्यहाँ युवा नेतृत्वको अवस्थाबारे पनि उनले चासो लिएका थिए । महानगरको नेतृत्वमा एक्ला बृहस्पति बनेका मेयर बालेनको गुन्डू आगमनलाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...