News Portal

  • प्रदेश सरकारको काम हेर्न भक्तपुर अस्पताल हेरे पुग्छ : डिपी ढकाल

    भक्तपुर, २७ फागुन २०७९
    ११०६ पटक

    बागमती प्रदेश सरकार मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले प्रदेश बलियो बनाउने जिम्मा प्रेस जगतको पनि भएको प्रष्ट पारेका छन् । वर्तमान राजनीतिक व्यवस्थाका लागि प्रेस जगतको योगदान स्मरण गर्दै उनले सोकुरा बताएका हुन् ।

    शनिवार प्रेस सेन्टर नेपाल, भक्तपुरको साक्षात्कार कार्यक्रमलाई भक्तपुरको न:पुखुस्थित लिल्टाउनमा सम्बोधन गर्दै नेता ढकालले संघीयता माथि प्रहार गर्दै प्रदेश सरकारले केही गरेन भन्नेहरुलाई जवाफ दिनुपर्ने प्रष्ट पारे । बागमती प्रदेश सरकारको काम हेर्न भक्तपुर अस्पताल हेरे पुग्ने जिकिर गर्दै बागमती प्रदेश सरकार मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार ढकालले संघ मातहत हुँदा हप्ताको ८० जना बिरामी जाच्ने अस्पताललाई अहिले दैनिक ८ सय बिरामी जाच्न सक्ने अवस्थामा पुर्याइएको जानकारी गराए । राजधानी संगै जोडिएको देशकै दोश्रो जेठो भक्तपुर अस्पतालमा आइसीयु आइपुग्न संघीयता नै आउनुपरेको प्रष्ट पार्दै उनले जनताको स्वास्थ्य र शिक्षामा प्रदेश सरकारले महत्वपूर्ण काम गरेको दावी गरे । प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी भएपनि प्रचार नभएको भन्दै उनले विद्यालयको भौतिक र शैक्षिक पूर्वाधारको बिकाशमा बागमती प्रदेश सरकारले ठुलो प्रगती गरेको जिकिर गरे ।

    कृषी र पर्यटनको बिकासको लागि भएका प्रयासहरुबारे जानकारी गराउदै नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य समेत रहेका नेता ढकालले नागरिकलाई स्वरोजगार बनाउने तालिममा मात्र वार्षिक २० करोड लगानी गरेको तथ्यांक प्रस्तुत गरे । स्थानीय तहलाई स्थानीय आवश्यकताको आधारमा अरवौं रुपैया अनुदान उपलब्ध गराउदै आएको उल्लेख गर्दै उनले प्रदेश सरकारले नमूना समाजवादी वडाको लागि २५ करोड उपलब्ध गराएको जानकारी गराए ।

    उक्त अवसरमा नेता ढकालले भर्खरै प्रदेशले २० प्रतिसत खर्च कटौती गरेको जानकारी गराउदै प्रदेश सुशासनको लागि समिति नै बनाएर प्रतिबेदन तयार पारेको र त्यसलाई कार्यान्वयन गरिएको दावी गरे ।

    कार्यक्रममा नेता ढकालले भक्तपुरको बिकासका योजनाहरु सुनाउदै भक्तपुर जोड्ने चक्रपथ नभएकोले प्रदेश सरकारले भक्तपुरको छुट्टै चक्रपथ बनाउन बजेट व्यवस्था गर्ने देखि खानेपानी र रोजगारको क्षेत्रमा योजना बनाउने बताए । प्रदेश सरकारले उत्पादनमा जोड दिने दावी गर्दै उनले उत्पादन संग जोडिने पेशा व्यवसायलाई संरक्षण र प्रवर्द्धन गरिने जिकिर गरे ।

    नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य समेत रहेका नेता ढकालले पत्रकारका प्रश्नको सम्बोधन गर्दै संविधानको प्रस्तावनामै शसस्त्र युद्धमा शहिद भएकालाई सम्मान गरिएकोले जनयुद्धमा बिदा दिने सरकारको निर्णय सहि भएको बताए । उनले माओवादी जनयुद्धका एजेन्डा लागू भएकाले जनयुद्धको जीत भएको अवस्थाबारे बताउदै एजेन्डाले जित्ने र योद्धाले हार्ने स्थिति नहुने जिकिर गरे । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याएर देश स्थायी शान्ति र दिगो बिकासमा केन्द्रीत हुनुपर्ने उनको भनाइ छ ।

    कार्यक्रममा संक्रमणकालिन न्याय, शान्ति, सुशासन, बिकाशनिर्माण, कार्यक्रम र योजनामा रहेर पत्रकारहरुले राखेका बिबिध जिज्ञासाको नेता ढकालले जावफ दिएका थिए । उक्त अवसरमा उनले नेपाल पत्रकार महासंघ भक्तपुरलाई भवन निर्माणमा सहयोग गर्ने आस्वासन दिनुका साथै पत्रकारका रचनात्मक सुझाव प्रदेश सरकारले लागू गर्ने पनि प्रतिवद्धता प्रकट गरे ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...