News Portal

  • नेपाल-पाकिस्तान मैत्रीपुर्ण टी-२० क्रिकेट प्रतियोगिता २०२३ मा १२ टोलीको सहभागिता

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २९ फागुन २०७९
    ३६५ पटक
    भक्तपुर, २९ फागुन २०७९

    पुर्व उपप्रधानमन्त्री चन्द्र प्रकाश मैनालीले प्रत्येक वर्ष पाकिस्तान दूतावासद्वारा आयोजित टी-२० क्रिकेट प्रतियोगिता सफलतापूवक सम्पन्न गरेको मुल्यांकन गरेका छन् । नेपाल-पाकिस्तान मैत्रीपुर्ण टी-२० क्रिकेट प्रतियोगिता २०२३ को उद्घाटन समाहरोका प्रमुख अतिथि पुर्व उपप्रधानमन्त्री मैनालीले यस्तो मुल्यांकन गरेका हुन् ।

    उनले क्रिकेटका साथै अन्य खेलहरुले दुइ देशबीचका युवाहरुलाई संगै लाने सम्भावना देखेको बताएका छन् ।

    पाकिस्तान दूतावासले आयोजना गरेको खेलले दुइ देशबीच बलियो सम्बन्ध मात्र नभई, युवाहरुमा खेलकूदका क्रियाकलापहरु हस्तातरण गर्ने राम्रो मौका समेत रहेको क्रिकेट संगठन नेपाल (क्यान)का पूर्व अध्यक्ष बिना राज पाण्डेयले बताए ।

    उमेर अलीले बाहिरी खेलकूदको महत्त्वका बरेमाचार्चा गरेका थिए । उनले भने, “क्रिकेट खेल मात्र होइन, मानिसहरुलाई आमनासमाना गर्ने स्थान उपलब्ध गराउँछ । आत्मियताका साथ सामुहिक काम गर्न समेत पहल गर्छ ।” कार्यक्रममा उपस्थित भएका अतिथिका साथै नेपाल सरकारले यस्ता कार्यक्रम आयोजना गर्न गरेको सहयोग प्रति आभारी रकेको अलीले बताए ।

    नेपाल-पाकिस्तान मैत्रीपुर्ण टी-२० क्रिकेट प्रतियोगिता २०२३ को उद्घाटन फागुन २६ गते शुक्राबार गरिएको थियो । नौ दिन सम्म चल्ने टि-२० क्रिकेट प्रतियोगितामा १२ क्रिकेट टोलीले सहभागिता जनाएका छन् । एक्सन स्पोर्ट्सबाट प्रशारण गरिने सो प्रतियोगिता चैत्र ४ गते समापान गरिनेछ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...