News Portal

  • फिफा विश्वकपमा अब १०४ खेल

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २ चैत्र २०७९
    ३२० पटक
     भक्तपुर, २ चैत्र २०७९

    सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलमा कुल एक सय चार (१०४) खेल हुने भएको छ । रुवान्डामा जारी विश्व फुटबल महासङ्घ (फिफा)को ७३औं कंग्रेसले अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकपको समूहको फर्म्याट परिवर्तन गरेको हो ।

    आगामी विश्वकपमा ४८ देशको सहभागिता पक्का भइसकेको छ । सहभागी देश बढेसँगै फिफाले खेल सङ्ख्या पनि बढाएर १०४ पुर्‍याइएको हो । यसअघि विश्वकपमा ३२ टोली र कुल ६४ खेल हुँदै आएको थियो । यसअघि फिफाले ४८ टोलीलाई १६ समूह बनाउने तयारी गरेको थियो ।

    नयाँ फर्म्याट अुनसार सहभागी ४८ टोलीलाई १२ समूहमा प्रतिस्पर्धा गराइनेछ । प्रत्येक समूहका शीर्ष दुई र उत्कृष्ट आठवटा तेस्रो टोली दोस्रो (३२) मा प्रवेश गर्नेछन् । फिफाले प्रत्यके टोलीलाई कम्तीमा तीन खेल खेलाउन फर्म्याट परिवर्तन गरिएको जनाएको छ । यसअघि फाइनल पुग्ने टोलीले सात खेल खेल्दै आएकोमा अब आठ खेल खेल्नुपर्नेछ ।

    फिफाले विश्वकपमा सहभागी सङ्ख्या बढाएसँगै युरोपबाट १६, एसियाबाट आठ, अफ्रिकाबाट नौ, उत्तर अमेरिकाबाट ६, दक्षिण अमेरिकाबाट ६, ओसियानाबाट एक तथा युरोपबाहेक अन्य क्षेत्रबाट दुई वटा कोटा प्लेअफबाट छनोट हुने प्रावधान राखेको छ । आगामी विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोका विभिन्न १६ शहरमा हुनेछ ।

    यसैबीच फिफा कंग्रेसमा सन् २०३० को फिफा विश्वकप फुटबल आयोजनाका लागि स्पेन र पोर्चुगलले दाबी पेश गरेको छ । स्पेन र पोर्चुगलसँगै अफ्रिकी राष्ट्र मोरक्कोले पनि सहआयोजकको दाबी गरेको छ ।

    यसअघि सन् २०३० को विश्वकप आयोजनाका लागि अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेले संयुक्त रुपमा दाबी गर्दै आएका छन् । फिफाले यसको निर्णय भने गरिसकेको छैन । एजेन्सी

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...