News Portal

  • के हो क्रिकेटको ‘डीएल मेथड’

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २ चैत्र २०७९
    ३९९ पटक
    भक्तपुर, २ चैत्र २०७९

    बिहीवार आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत भएको खेलमा युएईलाई ९ रनले हराउदै नेपाल विश्वकप छनोट चरणमा पुगेको छ । खेल डीएल मेथडमा निर्णय भए संगै नेपालले ९ रनले जीत निकाल्न सफल भएको हो ।

    क्रिकेट खेलमा बहुचर्चित डीएल मेथड बारे क्रिकेटप्रेमीहरु जानकार भएपनि सबैलाई थाहा नहुन सक्छ । वर्षा वा खराब मौसमका कारण क्रिकेट खेल रोकिएपछि डीएल मेथड अपनाएर निर्णय गर्ने प्रचलन छ । सो मेथडमा खेल अवरोध भएपछि ओभर घटाएर सोही ओभरमा पहिले ब्याटिंग गरेको टिमको रन रेट तुलना गरी निर्णय गरिन्छ ।

    यो मेथड फ्रान्क डकवर्थ र टोनी लुईस मिलेर सन् १९९२ मा आविस्कार गरेका थिए । त्यसकारण नै सो मेथडलाई डकवर्थ लुइस नियम भनिएको हो । जसलाई छोटकरीमा डीएल भनेर जानिन्छ ।

    सन् १९९९ को विश्वकपबाट अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सो मेथड लाई मान्यता दिई लागू गरेको हो । युएईले दिएको ३ सय ११ रनको लक्ष्यसहित नेपाल जवाफी ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरिरहेको थियो । नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ रन जोडेको थियो तर खराब प्रकाशको कारण खेल रोकिदा डीएलको आधारमा नतिजा तय गरिएको छ । सोही ओभरमा युएईले बनाएको रन भन्दा नेपालले ९ रन बढी बनाएपछि नेपाललाई बिजेता घोषित गरिएको हो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...