News Portal

  • निर्माणाधिन रंगशालाहरु पूरा गर्ने सरकारको घोषणा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३ चैत्र २०७९
    ३९० पटक
    भक्तपुर, ३ चैत्र २०७९

    सरकारले चितवन, मूलपानीलगायतका स्थानमा निर्माणाधिन क्रिकेट रंगशाला निर्माण पूरा गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न स्थनमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने घोषणा गरेका हुन् ।

    ‘सम्माननीय प्रधानमन्त्री प्रचण्डले मूलपानी, चितवन लगायत देशका विभिन्न स्थनमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध घोषणा गर्नुभएको छ,’ पिएमओ नेपाल ट्वीट ह्याण्डलमा उल्लेख गरिएको छ ।

    प्रधानमन्त्री दाहालले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन दिएका छन् ।

    ‘सम्माननीय प्रधानमन्त्री प्रचण्डले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशित गर्नुभएको छ,’ प्रधानमन्त्रीले सचिवालयले भनेको छ ।

    सरकारले विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको उपलक्ष्यमा राष्ट्रिले क्रिकेट टिमका प्रत्येक खेलाडीलाई ३/३ लाख पुरस्कारको घोषणा गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रत्येक खेलाडीलाई तीन/३ लाख पुरस्कार दिने घोषणा गरेका हुन् ।

    ‘विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै प्रतिखेलाडी रू। ३ लाख पुरस्कारको घोषणा गर्दछु,’ प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

    नेपाल बिहीबार युएईलाई हराउँदै विश्वकप क्वालिफायरमा प्रवेश गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...