News Portal

  • १ लाख १ हजार १ सय ११ रुपैयाँको आदर्श पत्रकारिता पुरस्कार दिँदै नेपाल पत्रकार महासंघ काठमाडौं

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ चैत २०७९
    ४५६ पटक
    भक्तपुर, ४ चैत २०७९

    नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको “आदर्श पत्रकारिता पुरस्कार ” घोषणा गरेको छ । शाखाको शनिवार शङ्खरापुरमा सम्पन्न पूर्ण बैठकले पुरस्कार घोषणा गरेको हो ।

    शाखाको सदस्य रही निरन्तर पत्रकारिता क्षेत्रकाे आदर्श र गौरवलाई उच्च राख्ने आदर्श पत्रकारलाई याे पुरस्कार दिइने अध्यक्ष सुर्य सुवेदीले बताए । चैत्र २५ गते हुने साधारण सभाकाे अवसरमा उक्त पुरस्कार प्रदान गरिने उनले जनाएका छन् ।

    शङ्खरापुर नगरपालिकाकाे जरसिंहपौवामा बसेकाे बैठकले साधारणसभा सम्पन्न गर्न अध्यक्ष सुवेदीको संयोजकत्वमा ५१ सदस्यीय समिति बनाउने समेत निर्णय गरेको सचिव महेश्वर गौतमले जानकारी गराए । साथै, बैठकले समसामयिक बिषयमा ९ बुदे शङ्खरापुर घोषणा पत्र समेत जारी गरेको सचिव गौतमले जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...