News Portal

  • स्ववियु निर्वाचनमा झडप नियन्त्रण गर्न हवाई फायर

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ५ चैत्र २०७९
    ३६२ पटक
    भक्तपुर, ५ चैत्र २०७९

    बाजुराको बूढीनन्दा नगरपालिका -२ कोल्टीस्थित बूढीनन्दा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झडप भएको छ । गठबन्धन विद्यार्थीसँग र नेकपा एमाले अनेरास्ववियुबीच झडप भएको हो ।

    स्ववियुको निर्वाचन बिथोल्ने गरी नेकपा एमालेका कार्यकर्ताले एकतर्फी रूपमा ढुङ्गा प्रहार गरेको गठबन्धन विद्यार्थी सङ्गठनले आरोप लगाएका छन् । अनेरास्ववियुले एकतर्फी ढुङ्गा प्रहार हुन थालेपछि नियन्त्रणमा लिन हवाई फायर गरेको हो ।

    स्ववियुको निर्वाचनमा विद्यार्थीहरू मतदान गरिरहेको अवस्थामा बाहिरबाट ढुङ्गा प्रहार गरेपछि स्थिति नियन्त्रण गर्न हवाई फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

    त्रिभुवन विश्वविद्यालय अन्तरगत पर्ने बूढीनन्दा क्याम्पसमा तीन दलीय भातृ सङ्गठन नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियु एस उम्मेदवार र नेकपा एमाले निकट अनेरास्ववियुका उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ ।

    क्याम्पसका ४१२ जना मध्ये अहिलेसम्म २४८ मत खसेको निर्वाचन अधिकृत जयदेव देवकोटाले बताएका हुन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...