News Portal

  • शब्द चयन नमिलेको सभामुख घिमिरेको स्वीकारोक्ति, संसद र प्रेसबीच सुमधुर सम्बन्ध हुनुपर्ने जोड

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ चैत २०७९
    ७०८ पटक
    भक्तपुर, ६ चैत २०७९

    प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद र प्रेससँगको सम्बन्ध सुमधुर हुनु पर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघका पदाधिकारीसँग छलफल गर्दै उनले आफू प्रेसमैत्री भएको समेत प्रष्ट पारेका छन् ।

    सोमबार साँझ सभामुखको कार्यकक्ष सिंहदरबारमा महासंघका पदाधिकारीसँग छलफल गर्दै सभामुख घिमिरेले चैत ३ गते महासंघसँग शुभकामना आदान प्रदान कार्यक्रममा आफ्नो शब्द चयन नमिलेका कारण सञ्चारकर्मीमा परेको असरप्रति आफू चिन्तित रहेको समेत बताए ।

    सभामुख घिमिरेले सञ्चारकर्मीका लागि संसद सदा खुला रहने बताउँदै सञ्चारसँग सम्बन्धित कानून निर्माण गर्दा महासंघसहित सरोकारवालासँग छलफल गर्ने समेत प्रतिवद्धता प्रकट गरेका थिए । नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति संसद् र आफू पूर्ण प्रतिबद्ध भएको समेत उनले बताए ।

    भेटमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी र कोषाध्यक्ष कलेन्द्र सेजुवाल सहभागी रहेका थिए । पत्रकारलाई लिएर गरिएको टिप्पणीलाई संसद् सचिवालय, सभामुखको तर्फबाट सच्याइएको महासचिव रोशन पुरीले जनाएका छन् ।

    चैत ३ गते सभामुख घिमिरेले ‘पत्रकारहरू बिक्रीमा छन्’ भन्ने अभिव्यक्ति दिएपछि उनी विवादित बनेका थिए । सभामुखले दिएको अभिव्यक्तिप्रति असहमती राख्दै महासंघले प्रेस बिज्ञप्ती नै जारी गरेको थियो भने सोमबार छलफलका क्रममा समेत पदाधिकारीले उक्त अभिव्यक्ति प्रति ध्यानाकर्षण गराएका थिए ।

    सभामुखले दिएको अभिव्यक्तिको विषयमा संसदमा समेत प्रश्न उठेको थियो । अभिव्यक्तिमा प्रति नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सभामुखले प्रेस स्वतन्त्रताप्रति ख्याल गरेको छ कि छैन भन्ने प्रश्न गरेका थिए । त्यसैगरी

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सभामुखको अभिव्यक्ति सार्वजनिक महत्वको विषय हुने भन्दै सभामुखको अभिव्यक्तिलाई लिएर संसदले छानबिन समिति बनाउनुपर्ने बताएका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...