News Portal

  • भक्तपुरकै जेठो साहित्य मन्दिरको साधारण सभामा संस्थापक कायष्ठ सम्मानित

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ११ चैत २०७९
    ३७६ पटक
    भक्तपुर, ११ चैत २०७९

    भक्तपुरकै जेठो एवं देशकै पनि एक पुरानो र प्रतिष्ठित साहित्यिक संस्था नेपाल साहित्य मन्दिरको १३ औं साधारण सभा सम्पन्न भएको छ । शनिवार भक्तपुर स्थित जागृती माविमा १३ औं साधारण सभा सम्पन्न भएको हो ।

    साधारण सभाको अवसरमा सस्थापक सदस्य तिलक प्रकाश कायष्ठलाई सम्मान समेत गरिएको छ । बि.सं. २०१० सालमा सूर्य बहादुर पियाको अध्यक्षतामा रहेको ७ सदस्यीय समितिमा कायष्ठ सदस्य रहेका थिए । उनलाई मन्दिरले सम्मान पत्रबाट सम्मानित गरेको छ । हालसम्म १४ पुस्तक प्रकाशित गरिसकेका उनलाई १४ वटा कलम समेत प्रदान गरिएको थियो । आफैले स्थापना गरेको संस्थाबाट समानित हुन पाउदा कायष्ठ हर्षबिभोर भएका थिए ।

    नेपाल साहित्य मन्दिरका अध्यक्ष त्रैलोक्यमान बनेपाली(अगिव बनेपाली) ले अग्रजको सम्मान गर्न पाउदा सुखानुभूति प्राप्त भएको भन्दै अग्रजका निर्देशन र पदचाप पछ्याइरहने प्रतिवद्धता प्रकट गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषद सदस्य समेत रहेका अध्यक्ष बनेपालीले संस्था स्थापनाको मर्म र भावना अनुरुप यसलाई सबैको साझा बनाइराख्ने र साहित्यको सेवामा समर्पित गराइरहने समेत बताए ।

    १३औं साधारणसभाका प्रमुख अतिथि नेपाल भाषा साहित्यकार योगेन्द्र प्रधान रहेका थिए । उक्त अवसरमा देवलाल उझाथाछें, त्रिरत्न शाक्य, ओमचरण अमात्य, कृष्णलाल प्रधान,मानिकबाबू ग्वंग, गुहेश्वरी शाक्य, बिमल ताम्राकार, रामगोपाल आशुतोष, जितेन्द्र रसिक लगायत साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

    नेपाल साहित्य मन्दिर महाकवि लक्ष्मी प्रसाद देवकोटा, युगकवि शिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, हृदय चन्द्रसिंह प्रधान, बालकृष्ण सम लगायत नेपाल तथा भारतका साहित्यकारसँग जोडिएर साहित्य सम्मेलन समेत गरिसकेको ऐतिहासिक साहित्यिक संस्था हो ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...