News Portal

  • साहित्यकार पदम विश्वकर्मा सम्मानित

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं, १५ चैत २०७९
    ६२१ पटक
    काठमाडौं, १५ चैत २०७९

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टीका अध्यक्षमा निर्वाचित भएका साहित्यकार पदम विश्वकर्मालाई राजधानीका नौ साहित्यिक संस्थाहरूले बधाई तथा सम्मान व्यक्त गरेका छन् ।

    राजधानीको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित कार्यक्रममा उनी सम्मानित भएका हुन् । उक्त कार्यक्रम साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न भएको हो ।

    साहित्यकार विश्वकर्मालाई बिभिन्न नौं साहित्यिक संघसस्थाले सम्मानपत्र प्रदान गरेका छन् । साहित्यिक पत्रकार संघसहित  बधाई ज्ञापन तथा सम्मान गर्ने अन्य संस्थाहरूमा नेपाल स्रष्टा समाज, नेपाल मुक्तक प्रतिष्ठान, वासु शशी स्मृति परिषद् , नियात्रा समाज नेपाल, सखी प्रतिष्ठान, उपन्यास समाज नेपाल, दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोष र घुम्ती मुक्तक नेपाल रहेका छन् ।

     

    वरिष्ठ आख्यानकार पुष्कर लोहनीको प्रमुख आतिथ्यतामा आयोजित सो समारोहमा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ “रोदन”ले स्वागत मन्तव्य राखेका थिए भने नियात्रा समाज नेपालका अध्यक्ष प्रतीक ढकालले कार्यक्रमको उदेश्य र महत्वमाथि प्रकाश पारेका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि पुस्कर लोहनी, अध्यक्ष राधेश्याम लेकाली र सम्मानित साहित्यकार पदम विश्वकर्माले आआफ्नो मन्तव्य राखेका थिए । सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलले कार्यक्रम संचालन गरे ।

    बधाई तथा शुभकामना कार्यक्रम सकिना साथ सम्मानित विश्वकर्मा आजै अमेरिका प्रस्थान गरे । कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, वासु शशी स्मृति परिषद्का सचिव प्रद्युम्न जोशी, उपन्यास समाज नेपालका अध्यक्ष शङ्कर भारती,  प्रतिभा पुरस्कार कोषका संरक्षक डा. दामोदर पुडासैनी, घुम्ती मुक्तक नेपालका अध्यक्ष निर्मलरमण पराजुली, साहित्यकारहरु प्रमोद प्रधान, प्राडा. गोविन्दमान सिंह कार्की, किशोर पहाडी, विमल भौकाजी, देविका तिमिल्सिना, सुमन वर्षा, सन्ध्या पहाडी, मीरा गोतामे र गायिका रितु कंडेल, अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहाल लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...