News Portal

  • सूर्यविनायक साँगा सडक खण्डको निर्माण कार्य शुरु

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ चैत २०७९
    १७५८ पटक
    भक्तपुर, १६ चैत २०७९

    सूर्यविनायक धुलिखेल सडक आयोजना अन्तर्गत सूर्यविनायक साँगा सडक खण्डको सडक निर्माण कार्य शुरु भएको छ । बिहीवार बिहान एक औपचारिक कार्यक्रमका बीच निर्माण कार्य शुभारम्भ भएको घोषणा गरिएको हो ।

    प्रतिनिधि सभा सदस्य दुर्लभ थापा, प्रदेश सभा सदस्य किरण थापा, सूर्यविनायक नगर प्रमुख बासुदेव थापा, भक्तपुर नगरपालिकाका प्रतिनिधि एवं भनपा ७ का वडाध्यक्ष उकेश कवां, योजना प्रमुख राजेन्द्रप्रसाद दास, जनप्रतिनिधि र निर्माण व्यवसायीले संयुक्तरुपमा ढुंगा बिछ्याई सडक निर्माणको शुभारम्भ गरेका हुन ।

    उक्त अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले सडक निर्माण समयमै सम्पन्न गर्न आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता प्रकट गरे । संघीय सरकारको योजना भएकोले यसलाई बजेटको कमी हुन नदिने र सबै सरोकारवालासंग समन्वय गरी प्रभावकारी कार्यान्वयनमा आफ्नो रेखदेख रहने उनले बिश्वास दिलाए । सडक बन्दा कम्तिमा पच्चीस वर्षपछिको भविष्य हेरेर बनाउनुपर्नेमा जोड दिदै सांसद थापाले अहिले नै क्रसिङ्ग र ओभर ब्रिज कहाँ र कसरी राख्ने भन्ने निश्चित गरी काम गर्न आग्रह गरेका छन् ।

    त्यसैगरी प्रदेश सभा सदस्य किरण थापाले आफू वडाध्यक्ष हुँदा सडक पेटीका संरचना हटाएको स्मरण गर्दै सडक सबैको साझा भएकोले सबैले निर्माणमा सहयोग गर्नुपर्ने प्रष्ट पारे । उनले सूर्यविनायक सिपाडोल साँगाको बैकल्पिक बाटो प्रयोग गरी ट्राफिक व्यवस्थापन गर्न सकिने सुझाव समेत दिएका छन् ।

    सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले सडक क्षेत्रमा आफ्ना ३ वटा वडा पर्ने जानकारी गराउदै स्थानीयलाई असुविधा नहुनेगरी निर्माण कार्य गर्नुपर्नेमा जोड दिए । जनतालाई बाटो चाहिने तर आफ्नो जमिन दिन नचाहने प्रवित्ति देखिएको प्रति चिन्ता गर्दै मेयर थापाले यस सडक खण्डमा भने जग्गा सम्बन्धी बिबाद नरहेको बताए । निर्माण कार्यमा सहयोग गर्न स्थानीय सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ ।

    भक्तपुर नगरपालिकाका प्रतिनिधि एवं भनपा ७ का वडाध्यक्ष उकेश कवांले ठेक्का सम्झौता अनुसार सडक निर्माण भए नभएको हेर्न स्थानीयलाई तालिम नै दिएको जानकारी गराउदै नियमानुसार काम गर्न आग्रह गरे । मापदण्ड अनुसार काम गर्न र सम्भावित दुर्घटना र धनजनको क्षती हुन नदिन उनले सचेत गराएका थिए ।

    उक्त अवसरमा आयोजना प्रमुख राजेन्द्रप्रसाद दासले शुभारम्भमा देखिएको उत्साह र प्रतिवद्धताले काम समयमै र प्रभावकारीरुपले सम्पन्न हुने संकेत गरेको भन्दै सन्तोष व्यक्त गरे । उनले जनप्रतिनिधिका सुझाव कार्यान्वयन र निर्माण व्यवसायीको समस्या समाधानमा आफू सदैव तत्परताका साथ् लागिपर्ने समेत प्रतिवद्धता प्रकट गरे ।

    ठेक्का पाएको कम्पनी आसिस कुमार श्रेष्ठ बन्दन भगवती जेभीका संचालक रामजी पन्त ‘मुकेश’ ले आफ्नो कम्पनीले यस अघि काममा कहिल्यै ढिलासुस्ती र बेइमानी गरेको रेकर्ड नभएको खुलासा गर्दै सम्झौता अनुरुप र दिइएको समयमै काम सक्ने जानकारी गराएका छन् । उनले वर्षामा पनि काम नरोक्ने गरी तयारी गरिएको जानकारी गराए । त्यसैगरी सडक प्रयोगकर्ता र स्थानीयको जीउज्यानको सुरक्षाप्रति कम्पनी संवेदनशील रहेको र सबैले यसमा सहयोग गर्नुपर्ने उनको भनाइ रहेको छ ।

    कम्पनीका इन्जिनियर सीएन यादवले दिएको जानकारी अनुसार सूर्यविनायक धुलिखेल सडक खण्ड ३ वर्ष भित्र निर्माण सम्पन्न गरिसक्ने गरी काम शुरु गरिएको छ । कम्पनीले यसका लागि ३ अर्व ८८ करोडको टेन्डर पारेको हो । धुलिखेलसम्म १६.३ किलोमिटर छ लेनको सडक बनाउने गरी शुरु गरिएको सडक निर्माणमा सूर्यविनायक साँगा सडक खण्ड भने साढे ७ किलोमिटर रहेको छ । यस क्षेत्रमा भक्तपुर नगरका ४ र सूर्यविनायक नगरका ३ वडाहरु पर्दछन । निर्माणका लागि ८२ मिटर भित्रका रुखहरु काटिसकिएको छ भने मापदण्ड भित्र परेका केहि घर भत्काइने र केही पाटी तथा मन्दिर सारिने छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...