News Portal

  • ग्रेटर रेडिङ्ग नेपाली समाज युकेमा खड्काको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित

    सुवास चौलागाईं युके, २० चैत २०७९
    ४१९ पटक
    युके, २० चैत २०७९

    ग्रेटर रेडिङ्ग नेपाली समाज युकेको १२ औं महाधिवेशन आइतवार सम्पन्न भएको छ । १२ औं महाधिवेशनले भिमसेन खड्काको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति समेत निर्वाचित गरेको छ ।

    नवनिर्वाचित कार्यसमितिमा पाँच जना उपाध्यक्ष क्रमस: यादव श्रेष्ठ, उदय घिसिंग, कल्पना पण्डित, सुरेस थापा र प्रेम गुरुङ रहेका छ्न । महासचिवमा ओमकार अधिकारी र सचिवमा भरत पौड्याल निर्वाचित भएका छ्न । त्यसैगरी कोषाध्यक्षमा सरोज थापा र सह कोषाध्यक्षमा जगन्नाथ सापकोटा निर्वाचित भएका निवर्तमान अध्यक्ष टेक बहादुर गुरुङ्गले जानकारी गराए । सदस्यहरुमा भने सुवास चौलागाई ,चेत रेग्मी, बिक्रम श्रेष्ठ, हरिमाया गुरुङ्ग, बिनस रिजाल, ईन्दु सुब्बा, दुर्गा ढकाल, लक्ष्मण श्रेष्ठ , श्रेया पौडेल, रबिन्द्र श्रेष्ठ थापा, सुरेन्द्र उप्रेती, हिम्मत सिटौला र मिन गुरुङ रहेका छन् ।

    स्थानीय पाकिस्तानी कम्युनिटी हल, पाल्मर पार्क, रेडिंगमा सम्पन्न भएको अधिवेशनको उद्घाटन कार्यक्रममा संस्थापक आजीवन सदस्य तथा सल्लाहकार विश्वआदर्श पण्डितको प्रमुख आतिथ्यता रहेको थियो भने बिशेष अतिथी लेबर पार्टीको तर्फबाट काउन्सीलर पदका ऊम्मेदवार राम गलामी रहेका थिए ।

    उक्त अवसरमा प्रमुख अतीथी बरिष्ठ समाजसेबी बिश्व आदर्श पण्डितले समाजले नेपाली पहिचान र पारस्परिक सहयोगलाई थप मजबुद बनाउने बिश्वास व्यक्त गरे । त्यसैगरी बिशेष अतिथी राम गलामीले समाजको दायरा अझै बढी फराकिलो बनाउन र आगामी चुनाबमा आंफुलाई पहिलो रेडिंगबासी नेपाली मुलको काऊन्सीलर पदमा जीताउन सहयोगका लागि अपिल गरेका थिए ।

    अधिवेशनले महासचिव ओमकार अधिकारी र कोषाध्यक्ष सरोज थापाले प्रस्तुत गरेको वार्षिक प्रतिबेदन सामान्य संसोधन सहित सर्बसम्मत रुपमा अनुमोदन गरेको थियो । यसैबीच रेडिंग नेपाली समाजलाई सहयोग गर्ने स्वयंसेबी महानुभावहरुलाई सम्मान स्वरुप प्रशंसा पत्र र मायाको चिनो पनि प्रदान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...