सरकारले आन्दोलनमा ज्यान गुमाएका पदम लिम्बू (लाजिहाङ) लाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
कोशी प्रदेश नामाकरणविरुद्ध चर्किएको आन्दोलनमा मृत्यु भएका लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरको हो ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जानकारी दिएका छन् ।