News Portal

  • नयाँ वर्ष : मेरो गुरु अनि मित्र

    निराजन सिलवालभक्तपुर, १ बैशाख २०८०
    ६३१ पटक
    भक्तपुर, १ बैशाख २०८०

    केवल दिन मात्र फेरिएको हुदो हो त
    भित्तेपात्रोमा साल मात्र फेरिएको भए नि क्यै थिएन,
    तर, आज फेरिएको छ दिन, वर्ष अनि दशक

    अलबिदा ७०!
    समय र भविष्य (प्रथम प्रहर)

    समयको त्यो प्रहरमा,
    नव जोश,नव उमंग लिएर जब तिमी आयौ
    साथमा हौसला र हिम्मत थप्दै गयौं
    जुङ्गाका रेखीले भर्खर डोब लगाउदै गर्दा
    समयले जीवनरुपी रेखीलाई पहिल्याउन खोजिरहँदा
    तिमी र म भेटिएको त्यो क्षण
    जहाँ तिमी एक अञ्जुली भविष्यको चाङ्ग
    मलाई सुम्पिन खोज्दै थियौ।

    घर र विश्वविद्यालय ( दोस्रो प्रहर)

    हो , हामी त्यही गोरेटोमा भेटियौं
    जसलाई भव्य सडक बनाउन चाहने म
    अनि तिमी पुर्वाधार सामाग्रीहरु लिएर आयौ।
    त्यतिबेला ,
    घरले नयाँ छानो पाएको थियो
    नयाँ खाबाहरु पाएको थियो
    अनि तिनलाई मजबुत गराउन
    विश्वविद्यालयको यात्रा थालिएको थियो।

    पाठ अनि गुरु (मध्य प्रहर)

    सिक्ने सिकाउने, बुझ्ने बुझाउने
    यो क्रममा धेरैधेरै पाठहरु तिमीले सिकायौ
    कयौं पट्क पाठभन्दा अगि परीक्षा लियौ
    केही प्रश्नहरु कोर्सभन्दा बाहिरका आए,
    केही सरलताका आवरणमा जटिलताहरु थिए
    तर गजब पढाएका छौ , सिकाएका छौ
    त्यसैले तिमी मेरो गुरुपनि,
    मेरो जीवनरुपी परीक्षा परिक्षण गर्दै जाने जाँचकी पनि।।

    बिहानका कयौं किरणहरुले , आशा देखाउदै गर्दा
    दिउँसो तिनै किरणहरुको तेजले पोल्दा
    काला रातहरुमा कयौं पटक भक्कानिदा
    शिरमा हात राखेर धेरै चोटि तिमीले थम्थमाएका छौ
    लरखराउदा पनि धेरै पटक तिमीले पुन : उभिन सिकायौ
    त्यसैले तिमी मेरो मित्र पनि
    मेरो संघर्षका कथाहरुका कथाकार पनि।।।

    बिदाई र आगमन(अन्तिम प्रहर)
    हेर त,
    आकाशमा घामको आज उदय, कत्ति टट्कारो छ,
    बादलहरु हटेका छन,पालुवाहरु पलाएका छ्न
    जगतले रुप फेरेको छ
    समस्त प्रकृति र लोक रमाएका छन
    प्रीय ७० , एक दशकको सहयात्रामा
    तिमी १०० मा १०० पुर्णाङ्क लिइ पास भएका छौ
    तिम्रा सफलता अनि बिदाइमा रमाइरहँदा,
    म अझै धेरै परिक्षाहरुको तयारीमा लाग्नु छ,
    फेरि कथा कोर्नु छ , रंगहरु भर्नु छ
    अनि क्यानभासका रंगका तेजले चौतर्फी उज्यालो छर्नु छ,
    शब्दहरुले सफलताका कथाहरु बोल्नु छ
    अन्तमा तिमीलाई धन्यवाद सहितको बिदाई
    फेरि पाठहरु, प्रेरणाहरु अनि आयमहरु बोकेर
    मलाई पढाउन, सिकाउन र डोर्‍याउन ,
    नव युग बोकेर एउटा दिन, साल अनि दशक
    फेरि उभिएको छ मेरा अघि
    समाउदै मेरा औलाहरु, खोजिरहेको छ डोर्‍याउन
    एउटा गुरु भएर, मित्र भएर …..

    सुस्वागतम ८० !

    समाउदै औलाहरु, खोजिरहेछ डोर्‍याउन

    म भनिरहेछु
    मसंगै समाउँ करौडौं हातहरु
    र लैजाउ हामीलाई एकैपटक समृद्धिको उकालोतिर
    पसिना आउदा रुमाल देऊ, थकाइ लाग्दा बिसौनी देऊ
    बिराउदा बाटो सम्झाइदेउ
    नयाँ वर्ष तिमी सफलताको शिखरसम्म साथ् देऊ !

    (निराजन सिलवाल एक्सेस एकेडेमीका संचालक एवं पत्रकार हुन् )

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...