News Portal

  • निरमाया जापानबाट पहिलो अन्तर्राष्ट्रिय प्रदर्शन हुने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २ बैशाख २०८०
    ३०७ पटक
    भक्तपुर, २ बैशाख २०८०

    मदानी मुभि एन्ड इन्टरटेन्मेन्ट प्रा. लि. को ब्यानरमा निर्मित नेपाली सामाजिक चलचित्र “निरमाया“ को पहिलो अन्तर्राष्ट्रिय प्रदर्शनको तयारी जापानबाट शुरू हुन लागेको छ ।

    एनोदर चान्स नेपालको प्रस्तुति तथा एनआरएनए जापान र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरको आयोजनामा यस चलचित्रको प्रदर्शनी गर्न लागिएको हो ।

    परिवर्तन आफै वाट सुरु गरौ,समाज स्वत बद्लिने छ!! भन्ने मूलनाराका बोकेर जातीय विभेदको विषयमा आधारित यस चलचित्रको प्रस्तुतकर्ता अनन्त तिमल्सिना हुन् भने निर्देशक रमेश कोइराला हुन् ।

    कार्यकारी निर्माता महेश तिमिल्सिना र निर्माता रमेश दाहाल तथा रोजा तिमिल्सिना रहेको निरमाया चलचित्रमा कलाकारहरू रमेश बुढाथोकी, लय संग्रौला र नायक अजित लामिछाने जस्ता कलाकारहरूले अभिनय गर्नु भएको छ ।

    चलचित्रमा जातीय विभेद, कुप्रथा र छुवाछूतको विषय समेटिएको छ । समान र सभ्य समाजको निर्माण, नैतिक सन्देश, फरक दृष्टिकोणको अन्त्य, उँचनिचको भेदभाव निर्मूल पार्नुपर्नेजस्ता विषयलाई चलचित्रमा देखाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा बालकरामले छेडाए जिब्रो, जात्रा हेर्न मन्त्री किराती सहित हजारौंको भिड

    येंयाँ पुन्ही अर्थात् आश्विन शुक्ल पूर्णिमाको साँझ मध्यपुर थिमि-५ दिगुलीमा जिब्रो छेड्ने जात्रा भएको छ...

    राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलन स्थगित

    राजधानी केन्द्रित आन्दोलनरत राहत शिक्षकहरूका माग सम्बोधन भएका छन् । सरकार र अन्दोलित राहत शिक्षक...

    ताथलीस्थित महायज्ञमा मेयरको उद्घोष : २०८२ साललाई धार्मिक पर्यटन वर्ष मनाइने

    चाँगु नारायण नगरपालिकाका मेयर जीवन खत्रीले आगामी २०८२ साललाई धार्मिक पर्यटन बर्ष मनाउने तयारी गरिएको...

    मध्यपुर थिमिमा सिंहावलोकनको नयाँ शुरुवात

    madhyapur thimi municipality thimi

    मध्यपुर थिमि नगरपालिकाले वार्षिक प्रगतीको समीक्षा गर्ने प्रचलन शुरु गरेको छ । नगरपालिकाले चागु आवको...

    ताथलीमा महायज्ञको उद्घाटन : सांसद थापाले गरे आयोजक बालयोगेश्वर विजयमूर्तिको प्रशंसा

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले राज्यले गर्नुपर्ने काम बालयोगेश्वर विजयमूर्ति...