News Portal

  • पूर्व मन्त्री पुन निवासमा गोली चल्दा आमा घाइते

    भक्तपुरपोस्ट संवाददाता ललितपुर, २ बैशाख २०८०
    २६९ पटक
    ललितपुर, २ बैशाख २०८०

    गोली लागि पूर्व मन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनकी ७४ वर्षीया आमा तीर्थमाली पुन घाइते हुनुभएको छ । शुक्रवार राति प्रहरीको गोली पड्केर उहाँ घाइते हुनुभएको हो  ।

    नेपाल प्रहरीका हवल्दार प्रकाश पुन मगरले बोकेको पेस्तोलबाट अचानक गोली निस्केर उहाँको खुट्टामा लागेको र उहाँको ट्रमा सेन्टरमा उपचार भइरहेको बताइएको छ ।

    नेपाल प्रहरीका प्रवक्ता एसएसपी दीपेन्द्र जिसीले गोली अञ्जानमा पड्किएको प्रारम्भिक रिपोर्ट प्राप्त भएको प्रतिक्रिया दिनुभएको छ । नातेदार रहेका प्रहरी हवल्दार नयाँ वर्ष मनाउन पुन निवास पुग्नुभएको र उहाँको साथमा रहेको पेस्तोल बाट अन्जानमै गोली पड्केको प्रहरीको भनाइ छ । घटनाको थप अनुसन्धान भै रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    आज क्रिसमस, देशभर सार्वजनिक बिदा

    क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज  क्रिसमस डे मनाइदैछ । क्रिसमस पर्वको...

    ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ

    आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...

    बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध

    bhaktapur police

    भक्तपुरको सूर्यविनायक-२ बालकोटमा बुवा र भाइको हत्यामा संलग्न रही फरार भएका भनिएका युवकले प्रहरीसमक्ष आत्मसमर्पण...

    पाकिस्तान सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हास्मीले शिष्टाचार भेट गरेका छन्...

    बागमती प्रदेशको पहिलो प्राविधिक सचिव बन्दै डा सुमित्रा गौतम

    भक्तपुर अस्पतालकी मेडिकल डाइरेक्टर डा सुमित्रा गौतमले सचिवको जिम्मेवारी सम्हाल्ने भएकी छन् । बागमती प्रदेश...