News Portal

  • रास्वपा अध्यक्ष रविका चालक गम्भीर घाइते

    भक्तपुरपोस्ट संवाददाता चितवन, ४ बैशाख २०८०
    ४४१ पटक
    चितवन, ४ बैशाख २०८०

    राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका गाडी चालक ३९ वर्षीय शम्भु भनिने  दिलबहादुर थापा गम्भीर घाइते भएका छन् । घरको छतबाट खसेको अवस्थामा उनलाई उद्धार गरी अस्पताल पुर्याइएको छ ।

    सोमबार विहान करिब ४ बजे भरतपुर-११ स्थित लामिछाने बस्ने ३ तले घरको छतबाट खसेर गम्भीर घाइते भएका चालक थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनको भनाइ छ ।

    चुनाव प्रचार सकेर राती अबेर लामिछानेलाई लिएर घर आइपुगेका चालक थापा सुत्न छतमा गएका तर बिहान उनी भुइमा बजारिएको अवस्थामा भेटिएका बताइएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...