News Portal

  • मध्यपुर थिमिमा निजी विद्यालयको मनोमानी शुल्क असुली : उपमेयर भन्छन्, कारबाही गर्छौं

    भक्तपुरपोस्ट संवाददाता मध्यपुर थिमि, ७ बैशाख २०८०
    १७८४ पटक
    bijay shreshtha thimiमध्यपुर थिमि, ७ बैशाख २०८०

    मध्यपुर थिमि नगरपालिकामा रहेका अधिकांश संस्थागत(निजी) विद्यालयहरुले ब्यापक शुल्क वृद्धि गरेपछि अभिभावकहरु चिन्तित बनेका छन् । आफूहरुको क्रय शक्ति घटिरहेको वर्तमान अवस्थामा समेत ब्यापक शुल्क वृद्धि गरिएको अभिभावकहरुको गुनासो रहेको छ ।

    मध्यपुर थिमिको मातृभूमी नामक एक विद्यालयले मासिक शुल्कमा पाँच हजार र भर्ना शुल्कमा १० हजारका दरले शुल्क वृद्धि गरेपछि अभिभावकहरु आन्दोलित नै भएका थिए । यो त प्रतिनिधि विद्यालय मात्र हो, मध्यपुर थिमिका अधिकांश विद्यालयले कुनै न कुनै बहानामा शुल्क बढाएकै छन् । उनीहरुसंग सम्पर्क गर्दा एउटै शिर्षकमा नभई बिभिन्न शिर्षकमा थोरैथोरै गरी मोटो रकम अभिभावकबाट असुली गर्ने गरेका देखिन्छ । अधिकांश विद्यालयले भक्तपुर पोस्टलाई कक्षागत शुल्क विवरण उपलब्ध गराउन समेत इन्कार गरेका छन् ।

    शुल्क वृद्धिबारे स्थानीय सरकारको रुपमा रहेको नगरपालिकामा गुनासाहरु आउन थालेपछि नगरपालिका अनुगमनमा जुटेको छ । मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले शुल्क वृद्धिबारे यकिन गर्न अनुगमन समिति बनाइएको बताएका छन् । वडा नम्बर ९ का वडाध्यक्ष सानुकाजी राजवाहकको संयोजकत्वमा पाँच सदस्यीय शुल्क अनुगमन समिति बनाइएको बताँउदै उप प्रमुख श्रेष्ठले बढी शुल्क असुल गर्ने विद्यालयलाई कारवाही गरिने र असुलिसकेको शुल्क समेत फिर्ता गराइने दावी गरे । ”कानुन नमान्ने र मनोमानी शुल्क उठाउने विद्यालय संचालकलाई कारवाही गर्न नगरपालिका प्रतिवद्ध छ ।” उप प्रमुख श्रेष्ठले प्रष्ट पारे । विकल्पका रुपमा संचालित संस्थागत विद्यालयहरु नाफामुखी नभई सेवामुखी हुनुपर्ने उनको भनाइ छ ।

    शिक्षा क्षेत्रका जानकार समेत रहेका उप प्रमुख श्रेष्ठ निर्वाचित हुनु अघि एक सामुदायिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष थिए । सामुदायिक विद्यालयमा सरकारको ठुलो लगानी भएको भन्दै उनले स्थानीयले चासो राखेका सामुदायिक विद्यालयहरु संस्थागत(निजी) भन्दा राम्रा रहेका बताए । सामुदायिक विद्यालय राम्रो बनाउन र यहाँ निशुल्क पढाउँन छोडेर अभिभावकहरु संस्थागत विद्यालयहरुप्रति आकर्षित हुनु दु:खद पक्ष भएको भन्दै उनले नगरपालिकाले सामुदायिक विद्यालयहरुमा भौतिक विकास एवं शैक्षिक प्रगतीमा प्राथमिकतापूर्वक काम गरिरहेको र स्थानीय जनसहभागिता भएमा सबै सामुदायिक विद्यालय अब्बल बन्ने बताए । यद्यपी आफूहरु संस्थागत विद्यालय प्रति असहिष्णु नरहेको र संस्थागत विद्यालयले शिक्षा क्षेत्रमा गरेको योगदान बिर्सनु नहुने उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...