News Portal

  • सांसद दुर्लभ थापाले लिए बजेटमा समेट्नुपर्ने योजनाबारे सुझाव

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ बैशाख २०८०
    ४७४ पटक
    भक्तपुर, ११ बैशाख २०८०

    भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापाले आगामी बजेटमा समेट्नुपर्ने जिल्लाका योजनाबारे सुझाव संकलन गरेका छन् । सोमबार उनले एक औपचारिक कार्यक्रमकै आयोजना गरी सुझाव संकलन गरेका हुन् ।

    कार्यक्रममा बागमती प्रदेशका सांसदद्वय डा राजेन्द्रमान श्रेष्ठ र सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठको उपस्थिति रहेको थियो । त्यसैगरी, भक्तपुर नगर बाहेकका वडा अध्यक्षहरु पनि कार्यक्रममा सहभागी भएका थिए ।

    कार्यक्रममा भक्तपुर बाट प्रतिनिधित्व गर्ने बागमती प्रदेशका सबै सांसद र चारवटै नगरपालिकाका जनप्रतिनिधिलाई आमन्त्रण गरेपनि नेमकिपाका जनप्रतिनिधि अनुपस्थित रहेका थिए भने नेकपा (माओवादी केन्द्र)का प्रदेश सांसदहरु पनि उपस्थित थिएनन । नेकपा(एमाले) बाट निर्वाचित मध्य महेश बस्नेत इत्तरका जनप्रतिनिधि मात्र कार्यक्रममा उपस्थित देखिए ।

    सांसद दुर्लभ थापाले स्थानीय जनप्रतिनिधि संग समेत समन्वय गरी बजेटमा सुझाव लिनु सकारात्मक प्रयास भएको र यसले बजेट कार्यान्वयनमा समस्या नहुने उनको सचिवालय सदस्य रमेश खड्काले बताएका छन् । त्यसैगरी नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत कृष्ण प्रजापतिले सांसदले कोटको खल्तीबाट आफ्नो मनखुशी योजनामा बजेट हाल्ने प्रवित्तिका बिरुद्ध थापाको कदम प्रशंसनीय रहेको बताए ।

    कार्यक्रममा नेपाली काँग्रेसका भक्तपुर जिल्ला सभापति समेत रहेका सांसद थापाले जनप्रतिनिधिहरुले राजनीतिक पुर्वाग्रह राख्न नहुनेमा जोड दिएका छन् । आफू नेपाली काँग्रेसको जिल्ला सभापति मात्र नभई जनप्रतिनिधिको रुपमा सबै दल र जनताको साझा प्रतिनिधित्व गर्ने उनको जिकिर छ । आफू दलगत स्वार्थबाट माथि उठेर भक्तपुरको विकास निर्माणमा सबैसंग सहकार्य र समन्वय गर्दै अघि बढ्ने उनले बताएका छन् ।

    दुर्लभ थापाले बिकासको पहल गर्दैन भन्नेहरुले नै काँग्रेसले भक्तपुरको बजेट काटेको हल्ला फिंजाई जनतामा भ्रम छरिरहेका उनको भनाइ छ । बिकासको विषयलाई चुनाव लड्ने औजारको रुपमा मात्र लिन नहुने बताउदै उनले अधिकत्तम जनतालाई लाभान्वित गर्नेगरी सामुहिक सहकार्यमा बिकास योजना अघि सार्नुपर्नेमा जोड दिएका छन् । ”भोली निर्वाचन लड्ने भन्दा पनि अहिले भक्तपुर बनाउने सवालमा सबै राजनीतिक दल र जनप्रतिनिधिहरुले बिकासमा सहकार्य गर्नुपर्छ ।” उनले भने ।

    कार्यक्रममा सांसद थापाले संघीय सरकारको आउँदो नीति तथा कार्यक्रम र बजेटमा भक्तपुरका योजना समावेश गराउन अर्थमन्त्री देखि सम्बन्धित मन्त्रालयका मन्त्रीहरुसँग छलफल भइरहेको जानकारी दिँदैं बढी भन्दा बढी योजनाहरु समाबेश गर्न आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    उनले मध्यपुर थिमि नगरपालिकामा निलबाराही मन्दिर संरक्षणसहितको पर्यटन बिकासको विस्तृत परियोजना, चाँगुनारायण नगरपालिकाको महादेव खोला बहुउद्देश्य परियोजना, सूर्यविनायक नगरपालिकामा एउटा ठूलो खानेपानी परियोजनाको लागि संघीय सरकारको बहुवर्षिय योजना अन्तर्गत बजेट विनियोजन गराउन आवश्यक छलफल भइरहेको समेत खुलासा गरेका छन् ।

    कोटेश्वरको सवारी जामको समस्या समाधान गर्न जडिबुटी देखि तीनकुने सम्म फ्लाई ओभर निर्माणगर्ने पनि उनले बताए । सूर्यविनायक–धुलिखेल सडक बिस्तार आयोजना अन्तर्गत सूर्यविनायक साँगा खण्डको काम शुरु भएको तर बजेट नभएको बारे बताउदै उनले आवस्यक बजेटको व्यवस्था गर्न माग गरिएको जानकारी गराए ।

    सांसद थापाले हनुमन्ते नदी सरसफाई गर्न भक्तपुर नगरपालिका र नेमकिपाको सहयोग नभई नहुने भन्दै सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकासँग कुरा भैरहेको भनेका छन् । हनुमन्तेलाई सफा बनाउन र करिडोर निर्माण गर्न आफूले सक्दो प्रयास गर्ने उनले बताए ।

    durlab thapa

    सांसद थापाले पाँच लाख भन्दा साना योजनाहरु नगरपालिकाले नै सञ्चालन गर्ने गरी बजेट विनियोजनको लागि पहल गरिरहेको जानकारी गराउदै स्थानीय सरकारले नै खर्च गर्नेगरी बिनियोजन गर्ने बिश्वास दिलाए । सोमबार जनप्रतिनिधिले टिपाएका बिकासका योजना समेटेर बजेट माग गर्ने समेत उनले प्रतिवद्धता प्रकट गरेका छन् ।

    ”विश्वकै खस्केको आर्थिक अवस्थाको कारण देशको आगामी बजेट गत वर्ष भन्दा कम अंकको आउने खुलासा गर्दै सांसद थापाले जनप्रतिनिधिको सुझाव समेट्न सक्दो प्रयास गर्ने बताए । ”पाँच वर्षका लागि सांसद भएको छु । यहीँ बजेटमा समेट्न सकिएन भनेपनि निरन्तर इमान्दार पहल गरिरहनेछु ।” उनी नि:स्वार्थ सुनिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...