News Portal

  • पन्ध्र वर्षमा नेपाल कोरिया मैत्री नगर अस्पताल : सिटि स्क्यान उद्घाटन, नर्सिङ्ग कलेजको उद्घोष

    भक्तपुरपोस्ट संवाददाता मध्यपुर थिमि, १५ बैशाख २०८०
    ११८१ पटक
    durlab thapa member of parliyamentमध्यपुर थिमि, १५ बैशाख २०८०

    मध्यपुर थिमी नगरपालिका मातहत रहेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल स्थापनाको पन्ध्र वर्षमा प्रवेश गरेको छ । शुक्रवार अस्पतालमा एक विशेष समारोहबीच पन्ध्रौँ वार्सिकोत्सव मनाइएको हो ।

    उक्त अवसरमा प्रमुख अतिथि रहेका प्रतिनिधि सभा सदस्य दुर्लभ थापा र नगर प्रमुख सुरेन्द्र श्रेष्ठले अस्पतालको नवनिर्मित रेडियोलोजी भवन र सिटि स्क्यान सेवाको उद्घाटन समेत गरेका छन् । यस अघि अस्पतालले सेवा थप गर्ने क्रममा मृगौला डायलासिस सेवा शुरु गरेको थियो ।

    सांसद थापाले स्वास्थ्य सेवा जनताको आधारभूत आवश्यकता भएको भन्दै नगरपालिकाले यसलाई प्राथमिकता दिएर अस्पताललाई सेवाग्राहीमैत्री बनाएकोप्रति सन्तोष व्यक्त गरे । अस्पताललाई सुविधा सम्पन्न बनाउन स्थानीय सरकारको एकल प्रयासले मात्र सम्भव नभएकोले तीनै तहका सरकारको सहयोग र समन्वय हुनुपर्ने उनको भनाइ छ । ” तीनै तहका हामी जनप्रतिनिधि एक भएर लाग्यौं भने यस अस्पताललाई जिल्लाकै सुविधासम्पन्न बनाउन सकिन्छ ।” उनले भने ।

    अस्पताललाई शिक्षा संग जोड्नुपर्नेमा जोड दिंदै सांसद थापाले नेपाल कोरिया मैत्री नगर अस्पताललाई नर्सिङ्ग कलेज बनाउने योजनामा समेत आफ्नो भरपूर सहयोग रहने आस्वासन दिएका थिए ।

    नगर प्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य राख्दै उप प्रमुख विजय कृष्ण श्रेष्ठले नगरपालिकामा आफूहरु निर्वाचित भएर आएपछि तलब खुवाउन नसक्ने अवस्थामा रहेको अस्पताललाई श्रोत जुटाईदिएको जानकारी गराए । उनले स्वास्थ्य र शिक्षामा नगरपालिकाले महत्वका साथ् लगानी गरेको र त्यसको प्रतिफल स्थानीय जनताले पाइरहेको प्रष्ट पारे ।

    सोह्र बिभाग बाट बिशेषज्ञ सहितको सेवा प्रदान गरिरहेको यस नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा हाल ३ सय बढी कर्मचारी कार्यरत रहेका छन् ।

    कार्यक्रममा अस्पतालका निर्देशक डा. डिके रौशनले अस्पतालले गत साउन यता १० महिनामामै १ लाख बढीलाई स्वास्थ्य सेवा दिएको दावी गरे । १ लाख ४ हजार ८ सय २९ जनाले स्वास्थ्य सेवा लिएको तथ्यांक पेश गर्दै उनले सोही अवधिमा १ लाख ७३ हजार ५ सय ९३ जना लाई ल्यावको सेवा प्रदान गरेको जानकारी दिए । यसमा बिमाका बिरामीहरु अधिक रहेका छन् । बिमाको करौडौं रकम प्राप्त नहुँदा समस्या भएपनि नगरपालिकाले उपलब्ध गराएको सोध भर्ना कोषका कारण पछिल्लो समय सेवा प्रवाहमा कुनै रोकावट नभएको बताइएको छ ।

    उक्त अवसरमा बागमती प्रदेश सभा सदस्यहरु डा राजेन्द्रमान श्रेष्ठ, भुवनकेशरी श्रेष्ठ भावना, धनेश्वरी प्रजापति, जिसस उपप्रमुख सुजाता बाडे त्यसैगरी सस्थापक नगर प्रमुख मदन कृष्ण श्रेष्ठ, उपप्रमुख आचार्य त्यसैगरी निवर्तमान नगर प्रमुख मदन सुन्दर श्रेष्ठ र निवर्तमान उपप्रमुख अन्जनादेवी मधिकर्मी लगायतको आतिथ्यता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...