News Portal

  • भक्तपुरमा मनसुन अभ्यास ३ सम्पन्न

    निशा कुश्मा भक्तपुर, १५ बैशाख २०८०
    ४६८ पटक
    भक्तपुर, १५ बैशाख २०८०

    बाढी, पहिरो र डुबानको सम्भावित विपदमा उद्धार कार्यको काल्पनिक प्रदर्शनी सम्पन्न भएको छ । भक्तपुरको सिद्धपोखरीमा शुक्रवार मनसुन अभ्यास ३ सफलतापूर्वक सम्पन्न भएको हो ।

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले संयोजन गरेको उक्त कृतिम घटना अभ्यास नेपाली सेनाको उपत्यका पृतना मूख्यालयले आयोजना गरेको थियो । उक्त प्रदर्शनीमा जिल्ला स्थित सुरक्षा निकाय, जिसस, नगरपालिका, जुद्ध वारुण यन्त्र कार्यालय, आरएनए-१६ र नेपाल पत्रकार महासंघ लगायत १६ संघसंस्थाले संयुक्त सहकार्य गरेका थिए ।

    भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उद्धारकर्ताहरुले अभ्यास मार्फत पानीमा डुबेका र बगेका मानिसहरुको उद्धार गरी आफ्नो तयारी अवस्था, कौशल र क्षमता प्रदर्शन गरेका थिए ।

    प्रमुख अतिथि रहेका भक्तपुर नगर प्रमुख सुनिल प्रजापति, आयोजक नेपाली सेनाको उपत्यका कमान्डका उपरथी, प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल र जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु लगायतले अभ्यासको अभिरुचीपूर्वक अवलोकन गरेका थिए । अभ्यास हेर्न आएका स्थानीय समेत अभ्यासबारे उत्सुक देखिन्थे । कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु र सहभागी उद्धारकर्तालाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

    शुक्रवार विशेषगरी मनसुनका कारण उत्पन्न हुने विपद् वाढी, पहिरो र डुवानमा उद्धार गर्ने अभ्यास गरिएको बताइएको छ । भक्तपुरमा यसपटक गरिएको यस्तो प्रकारको अभ्यास तेस्रो हो । अघिल्लो वर्ष सिद्धपोखरीमै मनसुन अभ्यास २ सपन्न भएको थियो । यस्ता अभ्यासहरूले उद्धारकर्ताको मनोबल बढ्ने र अभ्यासका क्रममा देखिएका कमजोरीलाई सुधार्न समेत सहयोग मिल्ने अपेक्षा गरिएको सहायक सिडिओ माधवप्रसाद शर्माले जानकारी गराएका छन् ।

    अभ्यासले सम्भावित विपदको उद्धार तयारीमा रहन सहयोग पुग्ने र जनशक्तिको क्षमता बिकासमा ध्यान दिन सकिने सिडिओ खगेन्द्रप्रसाद रिजालले बताए । संयुक्त सहकार्य हुने हुँदा उद्धारकर्ताबीच समन्वय रहने र तत्काल उद्धार गर्नुपर्ने अवस्थामा प्रभावकारी कार्यसम्पादन हुने सिडिओ रिजालले विश्वास ब्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...