आइतबार राति राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्केका छन् । भारतमा उपचारत उनी आइतबार स्वदेश फर्केका हुन् ।
वैशाख ६ गते उपचारका लागि भारत जानुभएका पौडेल आजै दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)बाट डिस्चार्जपछि स्वदेश फर्केका हुन् ।
उनी आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किनु भएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले राष्ट्रपति स्वदेश फिर्ता भएको जानकारी दिएका हुन् । यसअघि आइतबार दिउँसो सार्वजनिक विज्ञप्तिमा राष्ट्रपतिलाई चिकित्सकले केही हप्ता आराम गर्न सुझाव दिएको उल्लेख छ ।