News Portal

  • अहिले ट्रेलर मात्रै हो, सिंगै फिल्म बाँकी छ : प्रधानमन्त्री प्रचण्ड

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ बैशाख २०८०
    ४२२ पटक
    भक्तपुर, २३ बैशाख २०८०

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारसम्बन्धी ठूला फाइलहरू खुल्दै जाने बताएका छन् । उनले अहिले नेपालीलाई भुटानी शरणार्थी बनाई बेच्ने लाई कारवाहीको कुरा ट्रेलर मात्रै रहेको उल्लेख गर्दै पूरा फिल्म देखाउन बाँकी नै रहेको खुलासा गरेका हुन् ।

    शनिबार काठमाडौँमा नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अब भ्रष्टाचारका ठूला फाइलहरू खुल्दै जाने दाबी गरे । प्रधानमन्त्री प्रचण्डले कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन नसकिने उद्घोष गरे ।

    अब आफूहरूलाई ठूला घेराबन्दी र दबाब आउन सक्ने भन्दै उत्पीडित वर्ग समुदाय र श्रमजीवि जनसमुदाय साथमा भएसम्म आफूहरुलाई कसैले केही गर्न नसक्ने उनको भनाइ छ ।

    ‘मैले घोषणा गरेको थिएँ, अब भ्रष्टाचारीहरूको फाइल खोलिन्छ, कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिँदैन, अहिले त्यो प्रक्रिया शुरु भएको छ, यो शुरुवात मात्रै हो, यो ट्रेलर मात्रै हो, हेर्दै जानुस्, सिंगै फिल्म देखिन्छ, सिंगै फिल्म देखिनेवाला छ,’ उनले भने, ‘त्यसपछि पक्कै पनि ठूला घेराबन्दी होलान्, ठूला दबाब आउलान्, धम्की होलान्, धेरै चिज हुनसक्छ, यो बीचमा तर हाम्रो उत्पीडित वर्ग समुदाय हाम्रो श्रमजीवि जनसमुदाय साथमा भयो भने जतिसुकै ठूला घेराबन्दी दबाब र धम्कीको सामना गरिने छ ।’

    प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीलाई ३२ सिटे भन्ने गरेको उल्लेख गर्दै फेरि क्रान्तिकारीहरु यो पटक गर्जिएपछि बहुमतमा पुग्ने बिश्वास व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...