News Portal

  • रहेनन् जिउँदो शहिद, काभ्रेका कायस्थ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ बैशाख २०८०
    ७२२ पटक
    भक्तपुर, २७ बैशाख २०८०

    बिक्रम संवत २०६२/६३ को जनआन्दोलनका जिउँदो शहिद काभ्रे बनेपाका मुकेश कायस्थको निधन भएको छ । बुधबार उनको निधन भएको हो ।

    जनआन्दोलनका क्रममा २०६२साल चैत २७ गते प्रहरीले चलाएको गोली कायस्थको कञ्चटमा लागेको थियो । गोलीको कारण उनलाई पक्षघात भएको थियो र चेतना आउन सकेन । उनी हिडडुल गर्न पनि सक्दैनथे ।

    २०६२ साल चैत २७ गते गोली लाग्दा मुकेश १५ वर्षका थिए । उनी स्थानीय विद्यासागर बोर्डिङ स्कूलमा कक्षा ८ को परीक्षा दिएर बसेका थिए । २०६२ चैत २७ गते सात दलको आह्वानमा देशमा आमहड्ताल चल्दै थियो। पोखरामा सैनिकको गोलीबाट काभ्रेको उग्रचण्डी नालाका भीमसेन दाहालको मृत्यु भैसकेको थियो। भीमसेनको शव पोखराबाट सेनाको हेलिकप्टरमा काभ्रे ल्याइँदै थियो। शव लिन नालाबाट धुलिखेल आउँदै गर्दा बनेपामा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी गोली चलाएको थियो ।

    गोली लागि शिवहरि कुँवर घटनास्थलमै मारिए भने मुकेश गम्भीर घाइते भए । घटनाको बिरोधमा सोही दिन राति अर्थात २०६२ चैत २७ गते इलाका प्रहरी कार्यालय बनेपामा स्थानीयबासीहरूले आगो लगाएर ध्वस्त बनाइदिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...